सशस्त्र प्रहरी बाराद्धारा २ थान बन्दुक बरामद

अन‌ि यो पनि

बारा, भदौ २५ । सशस्त्र प्रहरीले बारामा २ थान बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी रतनपुरीको गस्ती टोलीले बाराको निजगढ नगरपालिका वडा नम्वर १० पर्ने फास्टट्रायकको जङ्गलमा २ नाल घरेलु भरुवा बन्दुक बरामद गरेको हो । सशस्त्र प्रहरी नायव निरीक्षक नरायणप्रसाद अधिकारीको कमाण्डमा खटेको टोलीले उक्त बन्दुक बरामद गरेको हो ।

उक्त टोलीले दैनिक जङ्गलमा गस्ती गर्ने समयमा जङ्गलको बिच भागमा दुई जना को गतिविधि माथि शंका लाग्दा विशेष निगरानी गर्दै जाँदा २ नाल घरेलु भरुवा बन्दुक फालेर भागेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

बरामद गरिएको घरेलु भरुवा बन्दुक नियन्त्रण लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारालाई बुझाएका छन् । बन्दुकको लम्बाई ५५ ईन्च र अर्कोको ४५.५ ईन्च रहेको समेत सशस्त्र प्रहरी बल बाराले जनाएको हो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया