आज बिहीबार थप एक संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । निमोनिया र स्वाशप्रस्वाशसम्बन्धी समस्या भई भदौ १८ गते चितवन मेडिकल कलेजमा भर्ना भएका भरतपुर–११ का ६२ बर्षीय पुरुषको आज मृत्यु भएको कलेजले जानकारी दिएको छ ।

श्वासप्रश्वासमा थप जटिलता आएपछि उनको कोरोना परीक्षण गर्दा भदौ २२ गते कोरोना पुष्टि भएको थियो । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा आज दिउँसो १२ः२० बजे संक्रमित पुरुषको मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया