रेडियो ‘प्रभाव’ चौँथो वर्षमा

अन‌ि यो पनि

पार्वतीपुर । रेडियो ‘प्रभाव’ बुधबारदेखि चौँथो वर्षमा प्रवेश गरेको छ । पश्चिम चितवनको पार्वतीपुरमा यो रेडियो २०७४ साल भदौ २४ गते स्थापना भएको हो ।
रेडियो चौँथो वर्षमा प्रवेश गरेको अवसरमा रेडियोका अध्यक्ष विजयबहादुर घलेले एक विज्ञप्ति जारी गदै रेडियो प्रभावको यस गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् । अध्यक्ष घलेले कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका बीचमा पनि श्रोता र शुभेच्छुकहरुको चाहनाअनुरुप रेडियोले सामाजिक दायित्व वहन गरेको बताए ।
रेडियो प्रभावले गुणस्तरीय र श्रोतालक्षित कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । यस अवसरमा रेडियोका प्रबन्ध निर्देशक निर्मल अधिकारीले रेडियोलाई अझै श्रोताप्रति जिम्मेवार र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । निरन्तररुपमा रेडियोले उत्कृष्ट कार्यक्रमहरु प्रसारण गर्दै जाने निर्देशक अधिकारीको भनाइ छ । साथै, उनले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सार्थक तुल्याउन रेडियो प्रयासरत रहिरहेको समेत उल्लेख गरे ।
रेडियोका स्टेसन म्यानेजर अपिल घिमिरेले विविध कार्यक्रमहरु उत्पादन गरी समाजलाई केही हदसम्म सूचित गराइएको बताए । साथै, उनले मनोरञ्जनात्मक कार्यक्रमहरु निर्माण गरेर श्रोताहरुलाई सन्तुष्ट पार्न प्रयासरत रहिरहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया