भरतपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) नेपाल, जिल्ला कार्यसमिति चितवनका अध्यक्ष विष्णुहरि थापाले विज्ञप्तिमार्फत् पञ्चकन्या विद्या मन्दिर रत्ननगरमा कार्यरत इष्टु चितवनका पूर्व इलाका नं. १ का अध्यक्ष खेम अधिकारीलाई विगत मंसिर महिनादेखि मासिक तलब नदिइ स्कुलबाटसमेत जबर्जस्ती निष्कासन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुुभएको छ ।
उहाँले उक्त कार्य आफैँमा अमानवीय एवम् आपत्तिजनक ठहर गर्दै मंसिरदेखि सोमबारसम्मको तलबसहित पुनर्बहाली वा क्षतिपूर्ति तत्काल नदिएमा जेठ ४ गते आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य हुने बताउनुभएको छ ।
Discussion about this post