भरतपुर । अनेरास्ववियु क्याम्पस कमिटी, सप्तगण्डकी बहुमुखी क्याम्पसले जेठ १ गते विद्यार्थी दिवसको अवसरमा गर्ने भनिएको अखिल साँझको पूरा तयारी गर्न नसकिएको बताउँदै जेठ ५ गते बेलुका ३ बजेदेखि ८ बजेसम्म गर्ने निर्णय गरेको छ ।
सो कार्यक्रममा मनोज गजुरेल, बद्री पगेनी, दीपक थापा, शिव परियार, ज्योति काफ्ले, अश्मिन घिमिरेलगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुत रहने बताइएको छ । क्याम्पस कमिटी अध्यक्ष प्रकाश आचार्यले प्रेस विज्ञप्तिमार्फत् अनेरास्ववियुले विगतदेखि नै रचनात्मक कार्यक्रम गर्दै आइरहेको जनाएका छन् ।
–मञ्जु पौडेल (प्रशिक्षार्थी)
Discussion about this post