भरतपुर । २५५८ औं बुद्धजयन्तीको अवसरमा वैशाख ३१ गते बुधबार मौलाकालिका अस्पताल प्रालिले बहिरंग (ओपिडी) सेवा निःशुल्क दिने भएको छ ।
अस्पतालका कार्यवाहक अध्यक्ष प्रकाश कँेल ‘चन्द्रमणि’ का अनुसार, सो अवसरमा बहिरंग सेवास“गै रक्त समूह परीक्षण, हेमोग्लोबिन र चिनी रोगको परीक्षण सेवा पनि निःशुल्क गरिनेछ । रक्त परीक्षण, एक्स—रे, युएसजीलगायतका प्रयोगशाला सेवामा भने २० प्रतिशत छुट दिइने उनले बताए ।
सो अवसरमा विशेषज्ञ चिकित्सकहरुबाट जनरल फिजिसियन, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान, घा“टी, बाल रोगलगायतका सबै चिकित्सकीय सेवाहरु उपलब्ध गराइने मौलाकालिका अस्पतालले जनाएको छ ।
Discussion about this post