निजामती सेवा दिवसकै दिन कर्मचारीमाथि हातपात

अन‌ि यो पनि

देवघाट । देवघाट गाउँपालिका वडा नं–२ का वडा सचिव गंगाराम मानन्धरमाथि सोमबार राति स्थानीय युवाहरुले कुटपिट गरेपछि सुरक्षाको माग गर्दै गाउँपालिका क्षेत्रभित्रका सरकारी कर्मचारीहरुले सरकारी कामकाज रोकेका छन् । राति करिब १० बजे कोठामा सुतिरहेकै समयमा वडा सचिव मानन्धरमाथि ऋषिङ गाउँपालिका वडा नं–३ का दुई जना युवाहरुले मादक पदार्थ सेवन गरेर मानन्धरमाथि हातपात गरेका थिए ।

गाउँपालिकाका कर्मचारीहरुले भने वडा सचिव मानन्धरमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै वडा नं–२ मा एक हप्ता र गाउँपालिकासहित अन्य वडामा तीन दिनसम्मका लागि काम ठप्प पारेको बताएका छन् ।

मंगलबार गाउँपालिकाका कर्मचारीबीच भएको छलफलबाट बिनाकारण सरकारी कर्मचारीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कामकाज ठप्प पार्ने निर्णय गरेका हुन् । तीन दिनभित्र कारबाहीको दायरामा नल्याए भदौ २५ देखि गाउँपालिकाभित्रका सबै वडाको काम ठप्प पार्ने चेतावनीसमेत दिइएको छ ।

घटनामा संलग्न युवाहरुलाई इलाका प्रहरी कार्यालय देवघाटले मंगलबार नै नियन्त्रणमा लिइसकेको जनाएको छ । ऋषिङ गाउँपालिकाका स्थानीय युवाहरुले मादक पदार्थ सेवन गरेर वडा सचिवमाथि हातपात गरेको खबर आएपछि प्रहरीले पक्राउ गरेर कारबाहीका लागि मंगलबार साँझ नै आँबुखैरेनी पठाइएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्ज्वल चिलुवालले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर होहल्ला गरेका युवाहरुलाई सम्झाउन खोज्दा हातपात भएको उनले बताए । घटनास्थल साबिकको वैदी गाविसमा पर्छ । वैदीलाई संघीय संरचनाअन्तर्गत छुट्टयाउँदा आधा देवघाट र आधा ऋषिङ गाउँपालिकामा गाभिएको हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया