अनिल शर्मा ‘विरही’ दश हजार धरौटीमा रिहा

अन‌ि यो पनि

भरतपुर । नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरहीलाई आज मंगलबार धनुषा जिल्ला अदालतले १० हजार धरौटीमा रिहा गरेको छ ।

शनिबार चितवनबाट धनुषामा भएको बम विष्फोट मुद्दामा प्रहरीले विरहीलाई पक्राउ गरी धनुषा जिल्ला लगेको थियो ।
आज मंगलबार धनुषा जिल्ला अदालत भएको इजलासमा शर्मालाई १० हजार धरौटीमा छाड्न आदेश गरेको हो ।

रत्ननगर नगरपालिकास्थित घरमै रहेको अवस्थामा वैशाख २३ गते बिहान अचानक भ¥याङबाट लडेर घाइते भएपछि उपचारको क्रममा उनी पुरानो मेडिकल कलेज आएका थिए । उपचारको क्रममा रहेका विरहीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो । सुगरका बिरामी रहेका विरही पक्राउ पर्दा पनि उपचारकै क्रममा थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया