मधेसी समाजमा दलितको अवस्था

अन‌ि यो पनि

आजभोलि मधेसमा दलितमाथिको अन्याय र पीडा कुनै नौलो कुरा होइन । यो वर्षौंदेखि चलिआएको एउटा खराब प्रवृत्ति हो, जसमा कयौँ दलित दाजुभाइहरुले आफ्नो बलिदान दिनुभएको छ । मधेसमा खासगरी डोम, चमार, दुसाद र मुसहरलाई दलितको रुपमा चिनिन्छ । अहिले पनि अधिकांश दलित युवाहरु शिक्षा, रोजगार र अन्य सेवाबाट वञ्चित छन् । नेपालको सविधानमा दलितहरुको हक र अधिकार सुनिश्चित गरे पनि यसलाई व्यवहारमा लागू गर्न सकिएको छैन । चुनावको बेलामा स्थानीय जनप्रतिनिधि र अगुवाहरुले ठूलो आशा तथा सहयोग देखाए पनि चुनाव जितेर गएपछि बेवास्ता गरेको देखिन्छ ।
मधेसमा जनआन्दोलनअगाडि झन् दलितको अवस्था नाजुक थियो । विद्यालयमा धेरै दुव्र्यवहार गरिन्थ्यो दलितलाई । छुट्टै बस्न बाध्य बनाइन्थ्यो । यो अहिले भने कम भएको देखिन्छ । दलितहरु शिक्षाबाट वञ्चित हुनुमा मास्टरहरुको पनि ठूलो हात हुन्थ्यो । अहिले पनि दलितसँग हरेक ठाउँमा विभेद गरिन्छ । मधेसमा अहिले पनि छुवाछूत व्यापक छ । अहिले मधेसको गैरदलितको घरमा भोजभतेर हुँदा दलितले छुट्टै अलग ठाउँमा भोज खान भनिन्छ र यदि दलितको घरमा भोजभतेर छ भने उसले गैरदलितकोमा बाहिरबाट चामल, दाल र तरकारी किनेर छुट्टै गैरदलितकोमा दिनुपर्छ । भोजभतेर खुवाउनलाई यो सब स्थानीय जनप्रतिनिधिको अगाडि हुँदा पनि चुपचाप हेरेर उल्टै बढवा दिन्छन् । यतिमात्रै नभई यदि दलितमाथि अत्याचार भएको छ भने त्यो छिनोफानो गाउँमा गरिन्छ । यदि पुलिस चौकीमा गए पनि त्यो दलितको मुद्दाले पहुँचको भरमा दर्ता गरिँदैन । यस्तो अवस्था छ मधेसी दलित दाजुभाइहरुको । यी सबै कारण छन्, अहिले दलित आन्दोलन हुनुमा ।
यदि समयमै दलितहरुमाथिको भेदभावको विरोध गरिएन भने दलित आन्दोलनले ठूलो रुप लिन सक्छ । यो आन्दोलन दलितको मात्रै नभई हामी सबै युवाहरुको हो । गैरदलित युवाहरुले पनि अब यो दलित अत्याचारप्रतिको विरोध गर्न जरूरी छ । हामी अब आफ्नो घर, टोलबाट दलितहरुमाथिको अत्याचार र अन्यायलाई विरोध गर्नुपर्छ । दलित युवा दाजुभाइहरुले अब सोच्नुपर्ने बेला आएको छ । अब तपाईंहरु मासु–चिउराका कारण भोट नदिनुस् ।
नेपालको सबिधानले दलितहरुलाई धेरै हक र अधिकार सुनिश्चित गरेको छ । त्यो हक र अधिकारको उपयोग गर्नुस् । अब गैरदलित युवाहरुको पनि सहयोगको जरूरी छ । अबको हाम्रो समाज भनेको छुवाछूतरहित र भेदभावरहित समाज निर्माणमा हामीहरु लाग्नुपर्ने देखिन्छ । यही बेला हो हाम्रो समाजबाट नराम्रो रीतिरिवाजलाई हटाएर एउटा समानतामूलक समाज निर्माण गर्नुपर्छ । यही बेला हो हामी सबै युवाहरु मिलेर हाम्रो खराब चल्दै आएको कुप्रथालाई हटाएर राम्रो समाज निर्माण गर्नुपर्ने देखिन्छ ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया