‘मलमा कालोबजारी भए कारबाही’

अन‌ि यो पनि

भरतपुर । चरम अभावको बेलामा रासायनिक मलमा कहीँकतै कसैले कालोबजारी गरे कारबाही हुने चेतावनी दिइएको छ । कृषि ज्ञानकेन्द्र चितवन, जिल्ला सहकारी संघलगायतले मलमा कसैले कालोबजारी गरे कारबाहीको लागि सिफारिस गर्ने चेतावनी दिएका हुन् ।
चितवन जिल्लामा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडबाट रासायनिक मल बिक्री गर्न डिलरसिप लिएका सहकारीहरुले कृषि ज्ञान केन्द्र चितवनको सिफारिसमा अनुदानको रासायनिक मल लिइरहेका छन् । थोरै मात्रामा कृषि ज्ञान केन्द्रले उपलव्ध मलमा आम कृषकहरुको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामाग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयअनुसार सहकारी सदस्य संख्या, विगतको रासायनिक मल कारोवारको अवस्था तथा सम्बन्धित स्थानीय तहमा डिलरसीप लिएका सहकारीको संख्यालाई मध्यनजर गरी रासायनिक मलको सिफारिस उपलब्ध गराइरहेको छ ।
हालको अप्ठ्यारो परिस्थितिमा समेत सिफारिस भएर लगिएको रासायनिक मल पनि सहकारीका पदाधिकारीहरुले आफ्ना नातागोता, एवम् चिनेजानेको व्यक्तिहरुका लागि भनेर दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गरेको गुनासो आइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रको सूचनामा थोरै मात्रामा वितरण गरिएको मलमा समेत कालोबजारी भए कारबाहीको लागि सिफारिस गर्ने जनाइएको छ ।
यस्तै जिल्ला सहकारी संघ चितवनले मलको दुरूपयोग गर्ने, उच्च मूल्यमा मल बिक्री नगर्न आग्रह गरेको छ । संघको सूचनामा कसैले दुरूपयोग गरेको उच्च मूल्यमा मल बिक्री गरेको खण्डमा सम्बन्धित कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया