दुग्ध उत्पादक किसानलाई बजारकै पिरोलो

अन‌ि यो पनि

भरतपुर । चितवन पनि अहिले कोरोना सङ्क्रमणको केन्द्र बनेको छ, जसले गर्दा यहाँका सबै क्षेत्र अस्तव्यस्त बनेका छन् । उद्योग, व्यापार, व्यवसाय हरेक क्षेत्रमा दैनिक यति घाटा र उति घाटा भनेर समाचारहरु आइरहेका छन् । कोरोना सङ्क्रमणले ठूला व्यापारीदेखि साना किसानसम्मलाई नराम्रोसँग प्रभावित तुल्याएको छ ।
केही दिनअघि चितवनमा बजार नपाएपछि किसानले दूध नै फालेको समाचार पनि आयो । कुनै बेला मूल्य नपाएर आन्दोलन गर्दै सडकमा ल्याएर मिल्क होलिडे गरेका दूध किसानले अहिले रहरले दूध फालेका भने होइनन् । गोठबाट डेरीसम्म लैजान सहज नभएकै कारण दूध खेर फाल्न बाध्य भएको किसानको भनाइ छ ।
दैनिक तीन लाख लिटरभन्दा बढी दूध उत्पादन हुँदै आएको चितवनबाट अहिलेको समयमा ५० प्रतिशतमात्रै दूध बिक्री हुने गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको भनाइ छ । कोरोना कहरका कारण डामाडोल भएको बजार बीचमा केही सहज भएको थियो । तर, अहिले फेरि उही अवस्थामा पुगेको संघका सचिव किशोर बगाले बताउँछन् । उनका अनुसार बीचमा दूध पु¥याउन पनि मुस्किल भएको थियो । तर, अहिले बिक्री नै भए पनि कम भएको उनको भनाइ छ । ‘सरकारले बजार व्यवस्थापन गरेर दूध प्रयोग गर्नेलाई डेरीसम्म जाने वातावरणमात्रै मिलाइदिए दूधको बिक्री बढ्छ’, उनले भने, ‘तर अहिलेको समयमा पसल खोल्न दिए पनि मान्छे हिँड्न दिइएको छैन । जसले गर्दा किसानसँग दूध खेर जाने र उपभोक्ताले खान नपाउने समस्या बढ्दै गएको हो ।’
जबसम्म सरकारले बजार व्यवस्थापन गरेर उपभोक्तालाई दूधको पहुँचबाट टाढा राखिरहन्छ तबसम्म किसान बलियो हुने अवस्था नदेखिएको उनको भनाइ छ । भइरहेको उत्पादनलाई घटाउँदा पनि त्यसको असर पछिसम्म पर्ने हुँदा किसानले त्यस्तो विकल्प नचाहेकोले उत्पादन कम गर्न नसकिने उनले बताए । ‘किसानले गाई बेचेर अर्को पेसा अँगाल्न सक्ने अवस्था छैन’, उनले भने, ‘बन्दाबन्दीले कति मान्छेलाई थप किसान बनाइदिएको छ, तर बजार छैन ।’ त्यसैले उपभोक्ताले दूध खाइदिए आफू बलियो हुने र दूध बिक्री भए किसान बलियो हुने कुरालाई ध्यान दिएर काम गर्नुपर्ने उनको बुझाइ छ ।

 

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया