चितवनमा एक हजार नाघे सङ्क्रमित, २५५ जना निको भए

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा कोरोना सङ्क्रमितको संख्या एक हजार नाघेको छ । चितवनमा रहेका सातवटा स्थानीय तहमा सोमबार साँझसम्म सङ्क्रमितको संख्या एक हजार ५५ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभरि एक हजार ५५ जना सङ्क्रमित भइरहँदा निको हुनेको संख्या २५५ पुगेको छ । सबैभन्दा बढी सङ्क्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । सबैभन्दा कम सङ्क्रमित इच्छाकामना गाउँपालिकामा छन् ।
भरतपुर महानगरको विवरण
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कोरोना सङ्क्रमण सबैभन्दा बढी भरतपुर महानगरपालिकामा रहेको बताए । उनका अनुसार भरतपुर महानगरमा ६९५ जना कोरोना सङ्क्रमित देखिएका छन् । हालसम्म भरतपुर महानगरमा १२४ जना निको भएर घर फर्केका छन् । महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार भरतपुर महानगरमा हालसम्म ८ जना कोरोना सङ्क्रमितको निधन भएको छ ।
मृत्यु संख्या सबैभन्दा बढी भरतपुर महानगर वडा नं–११ मा छ, जहाँ हालसम्म चार जना कोरोना सङ्क्रमितको निधन भइसकेको छ । भरतपुर महानगरभित्र रहेका विभिन्न आइसोलेसनमा ५६३ जना छन् भने होम आइसोलेसनमा १८० जना छन् ।
रत्ननगर नगरपालिकाको विवरण
रत्ननगर नगरपालिकामा जम्मा सङ्क्रमितको संख्या १२४ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार १० जना निको भएर घर फर्केका छन् । रत्ननगरमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । हाल ११४ जना आइसोलेसनमा रहेका छन् । सात स्थानीय तहमा सङ्क्रमितको संख्यामा रत्ननगर चितवनको दोस्रो स्थानमा रहेको छ ।
खैरहनी नगरपालिकाको विवरण
खैरहनी नगरपालिकामा हालसम्म जम्मा सङ्क्रमितको संख्या ५४ पुगेको छ । खैरहनी नगरपालिकामा हालसम्म दुई जना सङ्क्रमितको मृत्यु भएको छ । निको भएर घर फर्केका ६ जना छन् । आइसोलेसनमा ४६ जना रहेका छन् । २८ जना होम आइसोलेसनमा रहेका छन् ।
राप्ती नगरपालिकाको विवरण
राप्ती नगरपालिकामा हालसम्म कोरोना सङ्क्रमितको संख्या ९७ पुगेको छ । राप्ती नगरपालिकामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । ६५ जना निको भएर घर फर्केका छन् । ३१ जना आइसोलेसनमा छन् भने १६ जना होम आइसोलेसनमा छन् ।
कालिका नगरपालिकाको विवरण
कालिका नगरपालिकामा हालसम्म कोरोना सङ्क्रमितको संख्या २८ पुगेको छ । मृत्यु हुनेको संख्या शून्य छ भने ५ जना निको भएर घर फर्केका छन् । २३ जना आइसोलेसनमा छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा कालिकामा १९ जना होम आइसोलेसनमा छन् ।
माडी नगरपालिकाको विवरण
माडी नगरपालिकामा हालसम्म कोरोना सङ्क्रमितको संख्या ५२ पुगेको छ । ४१ जना निको भएर घर फर्किसकेका छन् । माडीमा हालसम्म कुनै सङ्क्रमितको मृत्यु भएको छैन । ७ जना होम आइसोलेसन र ११ जना आइसोलेसनमा रहेका छन् ।
इच्छाकामना गाउँपालिकाको विवरण
इच्छाकामना गाउँपालिकामा हालसम्म जिल्लामै सबैभन्दा कम जम्मा ४ जनामात्रै सङ्क्रमित फेला परेका छन् । जसमा दुई जना निको भएर बसेका छन् भने दुई जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया