ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सरकारको प्रतिरक्षामा एक्लै कोइराला

by चितवन पोष्ट
२०७१ बैशाख २९, सोमबार ०१:२८ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । पार्टी निकटका कर्मचारीहरुको संगठनको केन्द्रीय महाधिवेशन उद्घाटन गर्न एक मन्त्रीसहित आइतबार भरतपुर आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टी उपसभापति रामचन्द्र पौडेललाई पत्रकारहरुले सरकारको कार्यशैलीका बारेमा प्रश्न राख्दा नकारात्मक टिप्पणी खासै गरेनन् । तर अधिवेशन उद्घाटन स्थलमा भने उनीहरू दुवैले घुमाउरो पारामा गुनासो पोखे ।
सरकारको कार्यशैलीप्रति नेपाली कांग्रेसभित्रै आलोचना हुने गरेको भन्ने खबर सार्वजनिक भइरहेका बेलामा प्रधानमन्त्री सुशील कोइरालाबाहेक मन्त्री तथा अन्य वरिष्ठ नेताले त्यही चर्चालाई बल पुग्ने ढंगले मन्तव्य राखे ।  कार्यक्रममा उपस्थित भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्री विमलेन्द्र निधिले सरकारको कामका बारेमा भन्दा कम्युनिष्टको आलोचना गरेर समय बिताए ।
‘म धेरै बोल्दै बोल्दिन’ भनेर मन्तव्य दिन आएका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो बोली पनि नबुझिने भएकाले धेरै कुरा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले नै बोल्ने बताए । आफ्नोभन्दा कोइरालाको बोली प्रष्ट भनेर देउवाले सुशीलप्रति कटाक्ष नै गरे । उनले कर्मचारीका सन्दर्भमा लामो मन्तव्य दिँदा सरकारका बारेमा धेरै कुरा गरेनन् ।
उद्घाटन मन्तव्यका क्रममा पार्टी उपसभापति रामचन्द्र पौडेलले सरकारले पटुका कसेर काम गर्न आवश्यक छ भन्ने सुझाव दिए । आन्तरिक शक्ति कमजोर भएको व्यक्तिलाई हिँडडुल र केही गर्न परेमा पटुका कस्नुपर्ने हुन्छ । सरकारलाई पनि पटुका कस्ने सल्लाहा दिएर पौडेलले घुमाउरो तरिकाले सरकारको कार्यशैलीप्रति प्रहार गरे ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता खोजबिन आयोग गठन महत्वपूर्ण काम भए पनि संविधान जारी गर्नका लागि यसरीभन्दा पटुका कसेर काम गर्नुपर्ने अवस्था कायम रहेको पौडेलको टिप्पणी थियो । प्रधानमन्त्री कोइरालाले भने आफ्नो मन्तव्यमा यी दुई कार्यलाई दुरगामी प्रभाव राख्ने महत्वपूर्ण काम भनेर अर्थाएका थिए ।
प्रधानमन्त्री कोइरालाले अधिकांश समय सरकारको प्रतिरक्षा गर्नमा खर्चेका थिए । उनले संविधान सरकारको प्राथमिकता भएकाले संविधान जारी हुनेमा कुनै आशंका नगर्न आग्रह गरे । संविधान जारी भएपछि १० वर्षभित्रमा देशको कायापलट हुने उनको भनाइ थियो ।
सहमतिको सरकार निर्माण गर्न खोज्दा समय लागेको र संयुक्त सरकार बनाएर अगाडि बढ्दा सोचेअनुरूप गर्न नसकेको प्रधानमन्त्री कोइरालाले पनि स्वीकार गरे । सोचेअनुरूप हुन नसक्नुमा आफ्नो मात्रै दोष नभएको कोइरालाको भनाइ थियो ।

Related Posts

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

ओलीको रक्षा गर्ने बेला आयो : सुरेन्द्र पाण्डे

ओलीको रक्षा गर्ने बेला आयो : सुरेन्द्र पाण्डे

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In