निजामती कर्मचारीलाई पुरस्कार : कर्मचारी छनोटमा चितवनबाट कोही परेनन

अन‌ि यो पनि

भरतपुर । आज १७औँ निजामती सेवा दिवस । सरकारले यस बर्ष देशभरबाट ४० जना कर्मचारीलाई पुरस्कृत गर्दै छ । पुरस्कृत हुने कर्मचारीहरुको छनोटमा चितवनबाट भने कोही पर्न सकेनन् । सरकारले निजामति सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्ने गर्छ ।

कोभिड १९ को महामारीका कारण यस बर्ष दिवसको कुनै पनि औपचारिक कार्यक्रम भएन । निजामती सेवाको बारेमा अनौपचारिक रुपमा सामान्य समीक्षा गरेर दिवस मनाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए । चितवनमा निजामती कर्मचारी कति छन् भन्ने तथ्यांक जिल्ला प्रशासन कार्यालय सँग नै छैन ।

पुरस्कृत हुने कर्मचारीहरुमा ४० जना छनोट हुँदा चितवनमा पुरस्कृत हुने गरी काम गर्ने कर्मचारी कोहि छैन त भन्ने आशंका उब्जिएको छ । त्यसो त सरकारले देशभरबाट पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौँथो बर्ष हो । सर्वोत्कृष्ट हुने कर्मचारीले दुई लाख रुपैयाँ पुरस्कार पाउँछन् ।

१० जनाले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार’ पाउने भएका हुन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया