भरतपुर । विश्वज्योती युवा क्लब राधापुरले आयोजना गरेको अन्तर कलव क्रिकेट प्रतियोगितामा रानीपोखरी टिम विजयी भएको छ ।
निर्धारित २० ओभरमा रानीपोखरीले १८६ रनको लक्ष्य कृष्णपुर यूवा क्लबलाई दिएको थियो ।
म्यान अफ द म्याच मुकेश तामाङले चार विकेट लिएपछि कृष्णपुर युवा क्लव १६७ रनमा समेटिएको थियो । आज सोमबार जगतपुर र फूलवारीवीच विहान तथा गोपालचोक र आयोजक वी टिमबीच बेलुका खेल हुने खेल संयोजक प्रवेश पाठकले बताए ।
Discussion about this post