भरतपुर । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको ऐतिहासिक पा“चौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
महासंघको महाधिवेशन तमुवान भूमि पोखरामा जेष्ठ १० गतेदेखि तीन दिनसम्म चल्नेछ । महासंघले आइतबार चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीको बारेमा जानकारी गराएको हो ।
महासंघका अध्यक्ष नरबहादुर गुरूङले जातीय विद्यार्थी संगठनबाट २ महिलासहित ५ जना, प्रादेशिक क्षेत्रबाट २ महिलासहित ५ जना र जिल्लाबाट एक महिलासहित ३ जना गरी करिव ५०० जनाको सहभागिता रहने जानकारी दिनुभयो । महासंघले यसअघि नै आदिवासी जनजातिको पहिचान समेटिएको १२ वटा प्रदेश बनाई प्रादेशिक समन्वय समिति गठन गरेको छ ।
यस्तै महासंघमा २८ वटा जातीय विद्यार्थी संगठनहरु रहेका छन् । महाधिवेशनले तीन वर्षे कार्यकालका लागि ३३ सदस्यीय नया“ कार्यसमिति चयन गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङले जातीय पहिचानसहितको संघियता स्थापित गराउन बिद्यार्थीले पनि महाधिवेशनबाट ठोस कार्यविधि तयार पार्ने बताउनुभयो । उहा“ले अहिलेको शिक्षा निति एकात्मक भएको भन्दै अब बहुभाषिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो ।
पत्रकारहरुको फरक प्रसङगमा अध्यक्ष गुरुङले त्रिभुव विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचनमा आफूहरुको सहभागिता नरहेको स्पष्ट पार्नुभयो । अहिलेकै नितिमा आधारित स्ववियु निर्वाचनको कुनै अर्थ नरहेकोले निर्वाचनमा सहभागि नहुने बताउनुभयो । उहा“ले समावेशी समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिए मात्र निर्वाचनमा सहभागि हुने बताउनुभयो ।
Discussion about this post