कोरोनाको कहरले थलिएको पर्यटन क्षेत्र

अन‌ि यो पनि

नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गर्ने उद्देश्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक नेपाल भिœयाउने सरकारको लक्ष्य आज सपनाजस्तै बनेको छ । ०७२ को भूकम्पपछि बिस्तारै तंग्रिएको नेपालको पर्यटन क्षेत्रलाई भ्रमण वर्षले निकै उत्साहित गरेको थियो । साथै, भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रले यस क्षेत्रमा निकै ठूलो लगानीसमेत बढाएका थिए ।
त्यतिमात्र नभई भ्रमण वर्ष–२०२० लाई महामारी भूकम्पले दिएको नकारात्मक सन्देशलाई चिर्ने राम्रो माध्यमको रुपमा पनि हेरिएको थियो । तर, गत डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरबाट आगोको झिल्काझैँ सुरू भएको कोरोना भाइरसले आज विश्व मानवजगत् नै तहसनहस हुने गरी महामारीको रुप लिएको छ । विश्वका कैयौँ शक्तिशाली राष्ट्रहरुमा कोरोना भाइरसको मुस्लो फैलिसक्दासम्म नेपाल धेरै सुरक्षित देखिन्थ्यो, तर निरन्तर बढ्दै गएको गतिलाई हेर्दा अन्य प्रभावित देशहरुभन्दा कम भयावह स्थिति देखिँदैन ।
कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो पर्यटन । गत वर्ष करिब ८४ अर्ब कमाएको पर्यटन क्षेत्रले २०२० मा १ खर्ब आम्दानी गर्ने व्यवसायीको प्रक्षेपण थियो । अन्तर्राष्ट्रिय मजदुर संगठनका अनुसार विश्वभरिमा करिब १ अर्बभन्दा बढी पर्यटन क्षेत्रका मानिसले रोजगारी गुमाउने भएका छन् भने करिब २५ खर्ब क्षति पर्यटन व्यवसायले गुमाउनु परेको छ । यो स्थितिमा नेपालजस्तो जो ८० देखि ९० प्रतिशतसम्म अन्तर्राष्ट्रिय पर्यटन बजारले धानिदिएको देश प्रभावित नहुने भन्ने त कुरै भएन । अहिले पर्यटकको भारी बोक्ने भरियादेखि ठूला पर्यटन उद्योगी व्यवसायी सबैको रोजगार तथा आम्दानी ऋणात्मक दिशातर्फ गइरहेको छ । काम र आम्दानी ठप्प भएका कारण पर्यटन क्षेत्रमा रोजगारमूलक ढंगले काम गर्ने लाखौँ मानिसहरुको आधारभूत दैनिक जीवनमा नै ठूलो असर पर्न गएको छ ।
महामारीका कारण वैदेशिक र स्वदेशी पर्यटकको पर्यटकीय योजना यतिबेला बन्द भएका छन् । महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसायका लगानीकर्ता र कामदारहरुले आम्दानी र रोजगारमात्रै गुमाएका छैनन्, राज्यले पर्यटन क्षेत्रबाट गर्ने वैदेशिक मुद्राको आम्दानीसमेत गुमाएको छ, जसको असर आगामी व्यापार सन्तुलनमा समेत पर्ने देखिन्छ ।
पर्यटन क्षेत्रमा ठूलो असर परिसकेको छ । होटेल, रेस्टुराँ, ट्राभल, ट्रेकिङ, एयरलाइन्स सबै क्षेत्रमा नोक्सानी र असर पर्ने भइसक्यो । सबै क्षेत्रमा गरेर करिब डेढ खर्बको क्षति हुने देखिएको छ । पर्यटन क्षेत्रमा मात्रै प्रत्यक्ष ५ लाख मानिसको रोजगारीमा प्रभाव पर्ने भएको छ । पोर्टरहरु, डान्सबारमा नाच्नेलगायत सबै हिसाब गर्ने हो भने थप ३ लाख अनौपचारिक क्षेत्रका मानिसले रोजगारी गुमाउने देखिएको छ । त्यस्तै होटेल, रेस्टुराँ, ट्रेकिङ बन्द भएपछि आपूर्तिकर्तामा पनि असर पर्ने हुन्छ, जसमा खानेकुराहरु उत्पादन गर्नेदेखि सप्लायर्ससम्मको हिसाब गर्दा थप ३ लाख मानिसको रोजगारीमा प्रत्यक्ष असर पर्ने देखिन्छ । यसरी सीधा हेर्दा पर्यटन क्षेत्रमा जोडिएका ११ लाख मानिसको रोजगारीमा कोरोनाले असर पार्ने देखिन्छ । सरकारकै तथ्याङ्क केलाउने हो भने प्रतिपर्यटकबाट प्रत्येक दिन ४४ डलर आम्दानीको हिसाब गर्दा राजस्वमा समेत प्रत्यक्ष असर पार्ने देखिन्छ । यसले व्यवसायमा दीर्घकालीनरुपमा असर पु¥याउने त छँदैछ, राज्यले समेत ठूलो राजस्व गुमाउन पुगेको छ । हिमाल आरोहणमा रोक लगाउँदा करिब ४५ करोडभन्दा बढी राजस्व गुमेको छ । यता, पर्यटन क्षेत्रमा आबद्ध लाखौँ मजदुरहरुलाई कसरी व्यवस्थापन गर्ने र पलायन हुनबाट कसरी रोक्ने भन्ने चुनौती त छँदैछ, अर्कोतिर व्यवसायीहरु आफैँ पनि कसरी बाँच्ने भन्ने चिन्ता बढ्दो छ । व्यवसायमा आबद्ध मजदुरहरुलाई व्यवसायीले दिन सकिने सुविधा र राहत त छँदैछ, तर व्यवसायीहरु आफैँ पनि समस्यामा भएकाले राज्यस्तरबाट अभिभावकको भूमिका निभाउन जरूरी छ ।
कोभिड–१९ का कारण तहसनहस बनेको नेपालको पर्यटन क्षेत्र उकास्न सरकारले कुनै कन्जुस्याइँ र हिचकिचाहट गर्न हुँदैन । किनकि, यो क्षेत्र भनेको राष्ट्रको गहना, राष्ट्रको सुन्दरता हो । थोरै लगानीमा धेरै र छिटो रोजगारी दिलाउन सकिने क्षेत्र हो पर्यटन । अहिलेसम्म अधिकतम निजी क्षेत्रले धानिदिएको भनेको पर्यटन क्षेत्र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण तहसनहस भएपछि सबै व्यवसायीहरु यो क्षेत्रलाई बचाउन र काँध थापिदिन सरकार, राज्यसमक्ष हारगुहार गरिरहेको अवस्था छ ।
पर्यटन क्षेत्रमा विभिन्न व्यावसायिक संस्थाहरु कार्यरत छन् । जस्तैः टान, नाट्टा, पाटा–नेपाल, हान, सोट्टो, एनएमए, भिटोफ, नाराजस्ता थुप्रै संघ–संगठनहरु एकै ठाउँमा उभिई नेपालको पर्यटन भन्ने शब्दलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्दछ । किनकि, यी सबै व्यवसाय एकअर्काका परिपूरक छन् । अहिले व्यवसायीहरुले आफ्ना एसोसिएसनहरुसँग ठूलो आशा गरेको भनेको सरकारबाट दिने भनिएको ऋण सुविधाका लागि सहजीकरण, सरलीकरण र सामान्य व्यवसायीहरुको समेत सहभागिता हुने गरी समन्वयकारी भूमिका खेलियोस् भन्ने हो । त्यस्तैगरी, क्राइसेस म्यानेजमेन्ट ट्रेनिङ, व्यवसायमुखी तालिम, कोभिड–१९ सुरक्षा विधि तालिमजस्ता कुराहरुमा यस क्षेत्रमा आबद्ध संघसंस्थाहरु चुक्नु भनेको अवसर गुमाउनु हो ।
कोभिड–१९ का केही सकारात्मक पाटा पनि छन् । आज सम्पूर्ण विश्व नै एकै ठाउँमा उभिएको अवसर छ । हामी एक्लै छैनौँ । यो चुनौतीलाई अवसरका रुपमा बदलिने हो भने दिगो पर्यटनको जग बसाल्न सकिने कुरा प्रस्ट छ । विश्वका कैयौँ सम्पन्न राष्ट्रहरु प्राकृतिक स्रोतहरुको कमी हुँदाहुँदै पनि बर्सेनि लाखौँको संख्यामा पर्यटक भिœयाएर वैदेशिक मुद्रा आर्जनको राम्रो वैकल्पिक स्रोतको क्षेत्र पर्यटनलाई बनाएका छन् । हामीसँग त प्रकृतिले दिएका असंख्य पर्यटकीय क्षेत्रहरुको कमी छैन । कमजोर हुँदै गइरहेको वैदेशिक रोजगारी र यसबाट प्राप्त हुने वैदेशिक मुद्रा आर्जनको बलियो वैकल्पिक क्षेत्रको रुपमा पर्यटन उद्योगलाई विकास गर्ने यो सुनौलो अवसरमा सरकार तथा निजी क्षेत्र चुक्न हुँदैन ।
कोभिड–१९ को महामारी अन्त्यपछि आन्तरिक पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारले सम्पूर्ण सरकारी तथा संगठित निजी क्षेत्रका कर्मचारीलाई एक महिनाको तलब दिएर घुम्न पठाउने मह¤वाकांक्षी कार्यक्रम तर्जुमा गरिरहेको छ । यस्तै, चीनमा नोबल कोरोना भाइरस संक्रमण क्रमिकरुपमा घट्दै गएपछि सरकारले पर्यटन व्यवसायलाई उकास्न हप्तामा २ दिन बिदा दिने प्रणालीको घोषणा गरेको छ । यसैगरी, महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरू गरेका छन् । यसबाट नेपालको पर्यटनको अवस्था छिट्टै यथास्थानमा आउने देखिन्छ ।
नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ र पर्वतीय पर्यटनलाई दिगो र थप आकर्षक बनाउनु भनेको साँच्चीकै चुनौतीपूर्ण छ । त्यसका लागि संघीय संरचनामा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नका लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तर, अहिले तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कका कारण पर्यटन उद्योग बढी नै मात्रामा प्रताडित हुँदै आएको छ । यसको व्यवस्थापन र रोयल्टीको बाँडफाँट तथा लगानी व्यवस्थापनको विषय चुनौतीपूर्ण छ । सेवासुविधा र प्याकेज रेटमा समेत एकरुपता छैन । निजी क्षेत्रबाट भएको लगानीलाई एकीकृत र सरकारी प्राथमिकताका आधारमा लगानी गर्ने कार्य अर्को जटिल विषय बनेको छ ।
पर्यटन उद्योगको विकास र विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्न यस क्षेत्रमा लगानी बढाउने, पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्छ । पर्यटन क्षेत्रको विकासबाट राष्ट्रिय आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मकरुपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गरिनुपर्छ । पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यापर्यटनमा जोड दिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलहरुको एकीकृत र समन्वयात्मकरुपमा पूर्वाधारको विकास गरिनु आवश्यक छ ।
पर्यटनको विकासबाट राष्ट्रिय आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मकरुपमा पर्यटक आगमनमा वृद्धि गर्नुपर्छ । पर्यटन क्षेत्रबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्न छिमेकी देशहरु चीन तथा भारतलाई केन्द्रित गरी व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्छ । पर्यटकहरुलाई उपलब्ध गराइने सेवासुविधाको गुणस्तरको सुनिश्चितता गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्नुपर्छ ।
पर्यटन उद्योगमा देखिएका चुनौतीहरुको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । यसो हुन सकेको खण्डमा नेपालमा रहेका सम्पदाहरुको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइँ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको खोजी गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुराता¤िवक सम्पदाहरुको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागिता चाहिन्छ । साथै, पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन गरिनुपर्छ ।
यसका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरुको विकास गरी कनेक्टिभिटी बढाउनु त्यत्तिकै आवश्यक हुन्छ । यसका अतिरिक्त आन्तरिक पर्यटनले अहिले पनि कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने कार्यमा समेत लाग्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएको खण्डमा पर्यटन उद्योगको माध्यमद्वारा देशको अर्थतन्त्रमा सुधार आई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यसम्म पुग्न सकिन्छ ।
नेपालको साहसिक पर्यटनको इतिहास ६५ वर्ष पुरानो छ । नेपालमा ¥याफ्टिङ निकै लोकप्रिय छ । डब्लुडब्लुएफका अनुसार नेपालमा ६ हजार नदी तथा खोला, ५ हजार ३ सय ५८ वटा ताल, ३२ वटा हिमनदी, २३ वटा हिमताल, ५ हजार ताल, १ हजार ३८० जलाधार र ५ हजार १८३ वटा पोखरीसहितको सिमसार छन् । यी नेपालका पर्यटकीय सम्पत्ति हुन् । नेपालका हिमाली पदमार्ग (ट्रेकिङ) विश्वमै चर्चित छ । पदयात्रा शब्दको सुरूआत नै नेपालबाट भएको थियो । हिमाल आरोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य हो । यहाँ आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । नेपाली पर्यटनको विकास हिमाल आरोहणबाटै सुरूआत भएको हो । बर्सेनि हजारौँ पर्यटक हिमाल चढ्न नेपाल आउने गरेका छन् ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया