ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

४० नम्बरको पिल्लरछेउ उभिँदा

by चितवन पोष्ट
२०७१ बैशाख २९, सोमबार ०१:११ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

ध्रुवराज अधिकारी

मेरो घर माडी र काम गर्ने कार्यालय भरतपुर हुँदा मैले भरतपुर–माडीको यात्रा धेरै पटक गरेको छु । त्यसमाथि, कार्यालयको कामको सिलसिलामा म धेरै पटक माडी गइरहने गर्दथेँ । केही समयअगाडि तीन दिनसम्म माडीको कुसुमखोला र बाँदरझुला डुलेर नथाकेको मेरो त्यो यात्राको प्रतीक्षा विगत पाँच वर्षदेखिको थियो । मेरो घर माडी नै भए पनि आफ्नै गाविसभित्रको त्यो ठाउँसम्म पुग्न सकेको थिइनँ । गाउँघरमा रहँदा विशेष काम नपरेसम्म नडुल्ने भए पनि पाँच वर्षअगाडि जिल्ला शिक्षा कार्यालय चितवनमा काम गर्न सुरू गरेदेखि नै मैले त्यस ठाउँ पुग्ने विचार गरेको थिएँ, तर चितवनबाट सरूवा हुनुअगावै त्यो इच्छा पूरा गरिछाडेँ ।
कुसुमखोला भ्रमणको छोटो समयमा धेरै अनुभव लिएर फर्किएँ । कुसुमखोलाका बालबालिकाहरुको दैनिकी आजभोलि फेरिएको रहेछ । एकाबिहानै ढडिया लिएर माछा मार्न खोलामा जाने उनीहरु आजकल कापी–किताब लिएर विद्यालय पढ्न जाँदा रहेछन् । कुसुमखोलाका विद्यार्थीले पढ्ने विद्यालय र त्यस ठाउँका मानिसहरुमा धार्मिक जागरण फैलाउन स्थापना गरिएको चर्च भवनबीचको दूरी खासै फरक रहेनछ । खोलावारि विद्यालय र खोला पारि चर्चको भवन रहेछ । अचम्म के भने विद्यार्थी पढ्ने विद्यालय भवनभन्दा त्यो चर्चको भौतिक अवस्था निकै राम्रो देखियो । चर्च र सरकारी विद्यालयबीचको यस प्रकारको भिन्नता कुसुमखोलामा मात्र होइन, म गएका अधिकांश स्थानहरुमा यस्तै देखियो ।
रेवा नदी बग्ने बाटोबाट माथि जाँदा लगभग ३ घन्टाको पैदल बाटोमा नदीकै शिरतिर पुगेपछि कुसुमखोला बस्ती पुगिँदोरहेछ । खोलाकै किनारमा काठले बारिएको तीन कोठे एउटा भवन रहेछ, जहाँ कुसुमखोलाका सानासाना बाबुनानीहरु आ–आफ्नो भविष्य खोजिरहेका भेटिन्छन् । कुसुमखोलामा रहेको त्यही सरकारी विद्यालयबाट तीन कक्षासम्म अध्ययन गरेपछि भने विद्यार्थीहरु थप अध्ययनका लागि गोविन्दबस्ती निमाविसम्म आउन पर्ने बाध्यता रहेछ, जुन तीन घन्टाको पैदल बाटो हो, त्यो पनि खोलैखोला ।
भरतपुर रहेर नेपालका धेरै सीमाक्षेत्रका विषयमा विभिन्न कुराहरु सुनिरहँदा आज मसँग आफैँ पुगेर आएको नेपाल—भारत सीमाक्षेत्रको ४० नम्बर पिल्लरको आकर्षण स्वाभाविक रुपमा बढिरहेको छ । नेपाल र भारतबीचका धेरै सीमाक्षेत्र नेपाल सरकार र नेपाली जनताका लागि टाउको दुखाइको विषय बनिरहेको यो समयमा ४० नम्बरको पिल्लर भने एकनाशसँग उभिरहेको छ । न यसलाई कसैले कतै सारेका छन्, न त कसैले उखेलेर नै फालेका छन् । माडी अयोध्यापुरीको कुसुमखोलाबाट डेढ घन्टामा हिँडेर सजिलैसँग पुग्न सकिँदोरहेछ, त्यो सीमा–स्तम्भसम्म । कुसुमखोला बस्ती तल खोलामा र सीमाक्षेत्र त्यसैको माथि डाँडामा रहेछ ।
आज मलाई त्यही कुसुमखोला र त्यसपारिको भारतीय बस्तीको भेषभूषा, चालचलन र संस्कृतिको पृष्ठभूमिलाई केन्द्रमा राखेर केही कुरा लेख्न मन लागिरहेको छ । सुन्दा अचम्म लाग्न सक्छ, नेपालको कुसुमखोला बस्ती र त्यसपारिको भारतीय बस्ती नजिकमा रहेका छन् । तर पनि यी दुई बस्तीबीचमा भेषभूषा, चालचलन र संस्कृति आदिमा केही कुराको पनि मेल छैन । राष्ट्रियता भनेको भूगोल वा माटो मात्र होइन, भावना पनि हो भन्ने भनाइलाई चरितार्थ गरिदिएका छन् कुसुमखोलाबासीले । नेपालको दक्षिणी तराईका अन्य जिल्लाका सीमाक्षेत्र र कुसुमखोलाको सीमाक्षेत्रमा भौगोलिक भिन्नता केही होला तर भावनामा धेरै नै भिन्नता देखिँदोरहेछ । कुसुमखोलाका नेपालीहरु सीमाक्षेत्रका भारतीयहरुले पनि नेपाली भाषा बोल्नुपर्छ भन्ने सोच्दा रहेछन्, तर दक्षिणी तराईका अन्य जिल्लाका सीमाक्षेत्रका बासिन्दाले आफूले नेपाली भाषामा बोल्न नपरे हुन्थ्यो झैँ गर्दछन् । सायदै, भारतीय संस्कारको प्रभाव नपरेको सीमाक्षेत्र भनेकै कुसुमखोलादेखि ठोरीभित्रको सीमाक्षेत्र हुनुपर्छ ।
राष्ट्रियताको उत्कृष्ट नमुना रहेछ यस क्षेत्रको बस्ती । प्रत्येक व्यक्ति, समाज र संस्कृति आ–आफ्नो देशको आ–आफ्नै हुन्छ र हुनु पनि पर्दछ । तर, यस क्षेत्रबाहेकका नेपालका धेरैजसो सीमाक्षेत्रमा यसो भएको देखिँदैन । कुसुमखोलाबासीसँग आफ्नो भाषा, संस्कार नभएर वा नजानेर नेपाली खस भाषा, संस्कारप्रति त्यति धेरै माया दर्शाएका भने पक्कै पनि होइन । राष्ट्र र राष्ट्रियताप्रति जानेर वा नजानेरै पनि उनीहरुले उत्कृष्ट नमुना प्रदर्शन गरिरहेका छन् ।
कुसुमखोला बस्तीको इतिहास धेरै लामो छैन । ०४७ सालपछि मात्र कुसुमखोलामा बस्ती बसेको रहेछ, त्यो पनि सुकुमबासी बस्ती । यो बस्ती नेपालको एक सानो भूगोल हो, जसको पुरानो इतिहास पनि केही छैन, तैपनि राष्ट्रियता र देशप्रेमको पाठ सिकाइरहेको छ सम्पूर्ण नेपालीहरुलाई । त्यही भूगोल र त्यही समाजजस्तै नेपालका अरु सीमाका भूगोल र समाज भैदिएको भए सायद नेपाली संस्कार र संस्कृति धेरै माथि पुगिसकेको हुनेथियो । आज नेपालका तिनै दूरदराजमा रहेका बस्तीहरुले जानेर पनि नेपाली भाषा बोल्न
जान्दिनँ भन्ने नेपालीहरुलाई चुनौती दिइरहेका छन् ।
कस्तो अचम्म, जसलाई नेपाली हुनुमा भन्दा भारतीयहरुको चाकडी गर्नुमा नै आनन्द आउँछ, उनीहरु नै राज्यको उच्च तहमा आसीन छन् । तर, जसलाई आफ्नो प्राणभन्दा यो देशको प्रत्येक भूगोलको माया छ, उनीहरु नै राज्यबाट पछाडि पारिएका छन् । विभिन्न समुदायका विभिन्न भाषा, संस्कारजस्तै कुसुमखोलाका बासिन्दा चेपाङ जातिको पनि आफ्नै भाषा र संस्कार छ । उनीहरु आफूलाई पहिला नेपाली र अनि त्यसपछि मात्र चेपाङ भएको महसुस गर्दछन् । नेपालका धेरै जातजातिका मानिसहरुले सरकारमा प्रतिनिधित्व पाइसक्दा पनि  चेपाङ जातिको प्रतिनिधित्व भने अझै पनि हुन
सकेको छैन ।
राष्ट्रियताको सवालमा मधेसका धेरै नेताहरुभन्दा कुसुमखोलाका बासिन्दाहरु अब्बल भेटिन्छन् । समाजमा साँध मिच्ने र अन्तरदेशमा सीमा मिच्ने एउटै प्रवृति हो । समाजमा प्रायः कमजोर व्यवहार देखाउने व्यक्तिको र देशबीचमा तुलनात्मक रुपमा कमजोर देशको सिमाना वलियो भनिएको देशले मिच्ने गरेको पाइन्छ । नेपालका अधिकांश सिमाना मिचिएको भए पनि कुसुमखोलादेखि ठोरी क्षेत्रका बासिन्दाहरुको बलियो पहरेदारीका अगाडि भारतीयहरुको अहिलेसम्म केही जोर चलेको छैन । त्यस ठाउँमा बस्ती नहुँदो हो वा त्यस बस्तीको संस्कार र चलन भारतीयहरुको जस्तै हुँदो हो त आज त्यस पिल्लरको हालत पनि सोमेश्वर डाँडामा रहेको ४५ नम्बरकोे पिल्लर वा तराईका अन्य क्षेत्रका जस्तै हुँदो हो । याद रहोस्, सोमेश्वर डाँडामा रहेको ४५ नम्बरको पिल्लर भारतीयहरुले अतिक्रमण गरी नेपालको सिमाना मिचिरहेका छन् । नेपालको दक्षिणी सिमानामा माडीभित्र जोडिएर रहेका पिल्लरहरु प्रायः एउटै रेन्जमा डाँडामा र जंगलभित्र नै रहेका छन् ।
नेपाली राष्ट्रियता इतिहासमै अहिलेको पछिल्लो समयमा जति कमजोर कहिल्यै पनि बनेको थिएन र बन्ने पनि छैन । यहीँनेर राष्ट्रियता कमजोर र बलियो हुने बेलाको दुईवटा उदाहरण प्रस्तुत गर्न मन लाग्यो । एक जना भारतीय कूटनीतिज्ञ नेपाली नेताहरुलाई बोलाएर राष्ट्रिय हितविरूद्धका कुरामा सुझाव दिन्छन्, अनि त्यसैको बचाउमा नेपालीका नेताहरु घुँडामुन्टा टेकेर लागिपर्छन् । कमजोर राष्ट्रियताको योभन्दा गतिलो उदाहरण अरु के हुन सक्छ ? नेपाली नेताहरुको कमजोर र परास्त मानसिकताको पराकाष्ठा योभन्दा अरु के हुन सक्छ ? यसको अर्थ सधैँ नेपालका नेताहरु कमजोर मानसिकताबाट ग्रसित रहिरहे, यो भने हुँदै होइन ।
कुनै समय थियो नेपालमा बीपी प्रधानमन्त्री हुनुहुन्थ्यो, जुनवेला नेपालको राष्ट्रियता निकै बलियो थियो । छिमेकी देशका शासकहरु पनि नेपाली शासकसँग डर मान्दथे । भारतीय संसद्मा बोल्दै जवाहरलाल नेहरूले नेपालको सुरक्षा मामिलामा दिएको आफ्नो अभिव्यक्ति क्षमायाचनासहित फिर्ता लिन परेको थियो । तर, अहिले समय त्यस्तो छैन । नेपाली जनता, राजनीतिज्ञ र राष्ट्र बलियो भएको दृष्टान्त थियो त्यो । त्यसयता, नेपाली समय र राजनीतिले धेरै कोल्टे फेरिसकेको छ तर राष्ट्र, राष्ट्रियता र राजनीतिज्ञ भने झन्झन् कमजोर बन्दै गइरहेका छन् ।

Related Posts

महाराजको श्रीपेच

महाराजको श्रीपेच

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In