निरज भट्ट
“क्याम्पसमा प्राध्यापक, कर्मचारीहरुको नियुक्ति हुँदैछ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नियुक्ति दिलाउन लाग्नुहोला ।’’
ि “क्याम्पसमा परीक्षा छ हाम्रो, परीक्षा हलमा आएर गार्डलाई भनिदिनुप¥यो । चिट चोरेर भए पनि पास हुनु परेको छ ।’’
ि “क्याम्पसमा खुलेको टेन्डर मलाई पारिदिनू, म कमिसन दिऊँला । काम भनेको गर्दै गरौँला ।’’
ि “क्याम्पसमा नियमित पढाइ हुन्छ, कहिलेकाहीँ त बन्द, हड्ताल गरे पनि पढाउन पर्थेन अनि प्रशासनिक काम गर्न पर्थेन ।’’
ि “क्याम्पसमा भर्ना र मासिक शुल्क वृद्धि गरिएको छ, क्याम्पस चलाउन गाह्रो छ, विरोध नगर्नुहोला ।’’
ि “क्याम्पसमा स्ववियुको खाताबाट पैसा झिक्नुप¥यो । हाम्रो संगठनको सम्मेलन छ, नत्र ठीक हुँदैन ।’’
बितेको ५ वर्षमा यी र यस्ता थुपै्र निर्देशन, दबाब, लोभ, अनुरोध र धम्कीहरु थेग्नुप¥यो । के स्ववियु सभापति भएको यिनै काम गर्न हो ? के क्याम्पसमा स्ववियु स्थापना भएको यस्तै विषयहरुलाई मलजल गर्न हो ? त्रिभुवन विश्वविद्यालयले ५ वर्षपछि फेरि यही जेठ १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ । योसँगै एउटा तरंग पैदा भएको छ– भोलिका यो देशका राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक–लगायतका क्षेत्रहरुका नेतृत्वकर्ता आजका विद्यार्थीहरुमा । स्ववियुको मह¤व र आवश्कताका विषयमा विचार, विमर्शहरु प्रारम्भ भएका छन् ।
स्ववियुको पूरा रुप स्वतन्त्र विद्यार्थी युनियन हो । क्याम्पसले स्ववियुलाई कार्यालय, फर्निचर, मसलन्दलगायतका अन्य आवश्यक सामग्रीहरु पनि उपलब्ध गराउँछ । स्ववियुका प्रतिनिधिहरु क्याम्पस व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भवन निर्माण, छात्रवृत्ति वितरणलगायतका समितिहरुमा विद्यार्थीहरुको प्रतिनिधि बनेका हुन्छन् । क्याम्पसमा सम्पूर्ण विद्यार्थीहरुको साझा र आधिकारिक संस्था नै स्ववियु हो । विद्यार्थीहरुले भर्नाको समयमा क्याम्पसमा स्ववियु शुल्क भनेर समेत शुल्क तिरेका हुन्छन् । क्याम्पसमा विद्यार्थीहरुले स्ववियु निर्वाचनमा मत दिने अधिकार राख्छन् । निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गर्ने विद्यार्थी संगठनका वा स्वतन्त्र उम्मेदवार नै विजयी भई स्ववियुको नेतृत्व गर्ने अवसर प्राप्त गर्छन् । अहिले यसमा समानुपातिक प्रणाली पनि थप गरी मिश्रित प्रणालीको निर्वाचनको व्यवस्था गरिएको छ ।
स्ववियु स्थापनाको इतिहास खोतल्ने हो भने तत्कालीन राजा महेन्द्रले २०१८ सालमा पञ्चायती व्यवस्थाको विरोधमा उठ्ने आवाजलाई रोक्न किसान, मजदुर, भूपू सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठनहरुमा प्रतिबन्ध लगाएका थिए । यी संगठनहरुमा पनि सचिव र कोषाध्यक्ष सरकारले नै तोकिदिने र सरकारकै निर्देशनमा सभा–सम्मेलन गर्नुपर्ने भएपछि विद्यार्थीहरु हड्ताल, आमरण अनशनजस्ता संघर्षमा उत्रिएका थिए । आन्दोलन अघि बढ्दै जाँदा त्रिविमा पहिलो पटक २०२० भाद्र २० गते स्ववियु निर्वाचन हुने व्यवस्था गरिएको थियो । त्यसपछि फेरि २०३० सालमा स्ववियुलाई प्रतिबन्ध लगाइयो र तत्कालीन राजा वीरेन्द्रले जनमतसंग्रह–२०३६ को घोषणासँगै स्ववियु निर्वाचनको माग पनि फुकुवा गर्दै पूरा गरे । २०३५ सालदेखि २०६५ सालसम्म १४ पटक स्ववियु निर्वाचन सम्पन्न भएको छ, तर २०६५ सालपछि भने स्ववियु निर्वाचनको मिति घोषणा गर्दै पछि सार्दै गरिएको छ ।
हिजो क्याम्पसमा, देशमा स्ववियुको मह¤व र आवश्यकता जुन प्रकारको थियो, आज त्यो छैन । हिजो देशमा निर्दलीय पञ्चायती र बहुदलीय प्रजातान्त्रिक व्यवस्था थियो । सबै व्यवस्था राजाकै हुकुम र आदेशमा चल्थ्यो । परिवर्तनका संवाहक, क्रान्तिका नायक, राष्ट्रियताका पहरेदार एवम् चेतनाका दियो विद्यार्थीहरुलाई त्यो सह्य थिएन । राजनीतिक दलहरु प्रतिबन्धित भएको बेलामा, दलगत स्वार्थमा लिप्त भएर सत्ताको खेलमा राजाको सामु घुँडा टेकेको बेलामा विद्यार्थीहरुले स्ववियुको भरपूर प्रयोग गरेका थिए । त्यस्ता व्यवस्थाहरु जरैदेखि उखेलेर फ्याँक्नका लागि, राजतन्त्रको समूल अन्त्य गरी गणतन्त्रको स्थापनाका लागि हातमा किताब, कापी र कलम बोक्ने विद्यार्थीहरुले मसाल र विद्रोहको राँको बोकेर सडकमा उत्रेका थिए । फलस्वरुप, आज गणतन्त्र नेपालको स्थापना भएको छ । त्यसैले पनि अब स्ववियुको मह¤व र आवश्यकता छैन भन्ने तर्कहरु पनि प्रशस्तै सुनिन्छन् । हो, अब देशमा कुनै तानाशाहका विरूद्धमा लड्नुपर्दैन । हामीले हाम्रा सम्पूर्ण हक, अधिकारहरु प्राप्त गरेका छौँ । आफूले चाहेको शासन व्यवस्था ल्याएका छौँ । तर पनि अझैसम्म संविधान प्राप्त गर्न सकेका छैनौँ । शिक्षा क्षेत्रमा विकृति र विसंगति थाँती नै छन् । विद्यार्थी राजनीतिले सही दिशा लिन सकेको छैन । राजनीति संस्कारयुक्त भैसकेको छैन । समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वासका हाँगाबिँगाहरु भाँचिएका मात्रै छन्, उखेलिएका छैनन् । गणतन्त्रको संस्थागत विकास भैसकेको छैन । त्यसैले पनि स्ववियुको मह¤व अझै घटिसकेको छैन ।
२०६५ साल चैत्र ६ गते सम्पन्न स्ववियु निर्वाचनबाट निर्वाचित धेरैजसो विद्यार्थी नेताहरु अहिले क्याम्पसमा उपस्थित भैरहेका छैनन् । आफ्नो उच्च शिक्षाका लागि, व्यावहारिक कठिनाइका कारण रोजगारीका लागि, दिक्दारी र नैराश्यजस्ता कारणले विद्यार्थीहरु टाढिएका छन् । विद्यार्थीहरुले आफ्ना प्रिय विद्यार्थी नेताहरुसमक्ष आफ्ना समस्याका पोकाहरु खोल्न पाइरहेका छैनन् । अहिले क्याम्पसमा स्नातकोत्तर तह द्वितीय वर्षमा पुगिसकेका विद्यार्थीहरुले स्ववियु निर्वाचनमा आफ्नो मत दिने अधिकार नै प्राप्त गर्न सकेका छैनन् । उनीहरुले स्ववियु निर्वाचन भन्ने सुनेका मात्र छन् । २–२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन ५ वर्षमा हुन लागेको छ । यसको हालत देशको स्थानीय निकायहरुको जस्तै भएको छ । अहिले विद्यार्थीहरुलाई राजनीतिप्रति वितृष्णा जागेको छ । राजनीतिक दलहरुमा देश निर्माणका लागि खेल्नुपर्ने भूमिकामा ह्रास आउनु, संविधान निर्माणमा हुनुपर्ने लगावमा देखिएको गैरजिम्मेवारीपन र विभाजनका साथै राष्ट्रियताको सवालमा एकताबद्ध हुन नसक्नुको कारणले यस्तो भएको हो । “न्याय नपाए गोर्खा जानू’’ भन्ने पुरानो उखान परिवर्तन भएर अहिले “काम नपाए राजनीति गर्नू’’ भएको छ ।
क्याम्पसमा विद्यार्थी नेता भन्ने बित्तिकै गुन्डागर्दी गर्ने, पठनपाठनमा शून्य भएका र राजनीतिक दलका नेताहरुको पुच्छर हुन् भन्ने विद्यार्थी समुदायमा छाप परेको छ । विद्यार्थीहरु क्याम्पसमा स्वतन्त्र हिसाबले नियमित अध्ययन गर्न चाहन्छन् । उच्च शिक्षा हासिल गरेपछि आफूलाई आय आर्जनमा समर्पित गराउने चाहना राख्छन् । राजनीति र राजनीति गर्ने विद्यार्थीहरु भनेका आफ्नो लक्ष्य प्राप्तिका लागि उपयोगी छैनन् । केवल, बाधक मात्रै हुन् भन्ने उनीहरुको ठम्याइ छ । उनीहरुले विद्यार्थी नेताहरुले स्ववियुलाई राजनीतिको भ¥याङ मात्रै बनाएका हुन् भन्ने बुझेका छन् । स्ववियु निर्वाचनको बेलामा विद्यार्थी संगठनहरुका बीचमा हुने अराजक व्यवहार, निर्वाचित भएपछि विद्यार्थी नेताहरुले स्ववियुलाई भ्रष्टाचार र कमिसनको अखडा बनाएकाले पनि स्ववियुप्रति विद्यार्थीहरुको चासो घट्दै गएको छ । अब विद्यार्थी संगठन र यसका नेताहरु सच्चिनु आवश्यक छ । आफैँमा शुद्धीकरण गर्नु जरूरी छ । विद्यार्थीहरुमा परेको यस्तो नकारात्मक प्रभावलाई चिर्नु जरूरी छ । राजनीति नै समाज र देश परिवर्तनको एउटा मात्रै बाटो हो भन्ने विद्यार्थीहरुलाई नबुझाएसम्म स्ववियु निर्वाचनको खासै कुनै अर्थ भने छैन । यस्तो राजनीतिले हामीले कल्पना गरेको नयाँ नेपाल निर्माण गर्न सक्दैन । स्ववियु निरन्तरताको लागि मात्र स्ववियु निर्वाचन व्यर्थ छ ।
त्रिविभित्रका विभिन्न खाले समस्याहरुको मार विद्यार्थीहरुले नै खेप्नु परेको छ । त्रिविका पदाधिकारीहरु र क्याम्पसप्रमुखको नियुक्तिमा हुने राजनीतिक भागबन्डाले क्याम्पसका प्राध्यापक, कर्मचारीहरु आन्दोलित बन्ने गरेका छन् । बदलिँदो समयअनुसार नयाँ शैक्षिक कार्यक्रमहरु थप हुन नसक्नु, पाठ्यक्रम वैज्ञानिक र जनमुखी बनाउँदै लैजान नसक्नुका साथै प्राध्यापक, कर्मचारीहरुको स्तर खस्कँदै जानुले समस्याहरु निम्त्याएका छन् । त्यस्तै, त्रिविको वार्षिक क्यालेन्डर आजका मितिसम्म पनि सार्वजनिक गरिएको छैन, लागू गर्ने त परैको कुरा भयो । क्याम्पसमा कुन समयमा भर्ना हुने, कति समय पठनपाठन हुने, परीक्षा फाराम कहिले खुल्ने, परीक्षा कहिले हुने र नतिजा कहिले निस्कने भन्ने कुनै टुंगो छैन । त्रिविमा सुनौलो भविष्य बोकेर प्रवेश भएका विद्यार्थीहरु अत्यन्त निराश भएर निस्कनु पर्ने अवस्था छ । हातमा प्रमाणपत्र प्राप्त गरेपछि पनि रोजगारी र रोजीरोटीका लागि या त विदेशिनु पर्ने या त प्रमाणपत्र सिरानीमुनि हाल्नुको अर्को विकल्प छैन । यस्ता समस्याहरुका विरूद्धमा विद्यार्थी संगठनहरुले आफ्ना आवाजहरु उठाइरहेका त छन्, तर सफल हुन सकेका छैनन् । क–कसको कारणले असफल भएका हुन्, त्यसको असली पहिचान गरी त्यस्ता त¤वहरुका विरूद्धमा लड्न पनि स्ववियु अत्यन्त आवश्यक छ । विद्यार्थी संगठनहरु आफ्ना वर्गीय हकहितका लागि एकजुट भएर स्ववियुलाई सशक्त र पारदर्शी बनाउनु अत्यन्त जरूरी छ । स्ववियु निर्वाचनले स्ववियुको रक्षा त गर्छ नै, साथमा विद्यार्थी संगठनहरुलाई मतदाता विद्यार्थीहरुका माझमा आफ्ना विचारहरु स्पष्टसँग राख्ने, उनीहरुप्रति उत्तरदायी र जवाफदेही रहने र प्रजातान्त्रिक अभ्यासको एउटा अवसर पनि प्रदान गर्छ । स्ववियु निर्वाचन विद्यार्थी संगठनहरुको विचार, सिद्धान्त र कार्यक्रमहरुका साथै विद्यार्थी नेताहरुका गतिविधि र इमानदारितालाई जाँच्ने कसी पनि हो । तर, स्ववियु निर्वाचनमा जसरी पनि आफू र आफ्नो संगठन विजयी हुनुपर्ने मान्यता राख्दै हुने धाँधली, गुन्डागर्दी र पैसाको चलखेलले भने स्ववियु निर्वाचनको मर्ममाथि नै चोट पु¥याएको छ ।
त्रिविले सम्पूर्ण क्याम्पसहरुमा यही वैशाख ९ गतेदेखि नै अकस्मात् स्नातक र स्नातकोत्तर तह प्रथम वर्षमा नयाँ भर्ना बन्द गरेको छ । यसबाट स्ववियु निर्वाचनकै लागि भनेर पार्टी कार्यालयबाट क्याम्पसमा भर्ना हुने नेता तथा कार्यकर्ताहरुको संख्या शून्य प्रायः बनेको छ । यो स्ववियु निर्वाचनमा क्याम्पसमा पढ्दै गरेका विद्यार्थीहरुले क्याम्पसमा पढ्दै गरेका र आफ्ना समस्याहरुसँग साक्षात्कार गरिरहेका विद्यार्थी नेताहरुलाई नै विजयी गराउने छन् । एउटा असल विद्यार्थीले नै विद्यार्थी नेताका रुपमा स्ववियुको नेतृत्व गर्ने अवसर प्राप्त गर्नेछ । क्याम्पस भर्नाको अन्तिम म्यादको सूचना समयमा नै थाहा नपाउँदा कतिपय नियमित विद्यार्थीहरु भर्ना हुन नपाएर निर्वाचनमा सहभागी बन्न नपाउने तीतो यथार्थ पनि भर्ना रोकिएसँगै लुकेको छ । अघिल्लो पटक करिब चार सयको हाराहारीका देशका क्याम्पसहरुमा स्ववियु निर्वाचन भएको थियो । यो संख्या अझै थपिँदै छ । हिजोको अवस्थामा यति धेरै संख्यामा क्याम्पसहरु खुलेका थिएनन् । त्यसैले, आज राजनीतिक दलको नेतृत्वमा विद्यार्थी राजनीतिको पृष्ठभूमि भएका नेता कमै छन् । तर, अबको डेढ दशकमा राजनीतिक दलका विभिन्न तहमा पुग्ने भनेका अहिलेका विद्यार्थी नेताहरु नै हुन् । यसलाई कसैले चाहेर पनि रोक्न सक्ने छैन । त्यसैले पनि राजनीतिक दलका भविष्यका नेताहरु उत्पादन गर्ने नर्सरी भनेकै स्ववियु हो । राजनीतिक दलका अहिलेका नेताहरुबाट दिक्क भएका विद्यार्थीहरु आफ्नो पुस्ताका लागि, आफ्नो भविष्यका लागि आजै नेता चयन गर्न व्यग्रताका साथमा पर्खिरहेका छन् । आफ्नो भविष्यलाई उज्ज्वल बनाउन आतुर छन् । अँध्यारोभित्र उज्यालो किरणको खोजीमा छन्, साथै क्याम्पसमा प्राज्ञिक उन्नयन र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्ने र विद्यार्थी समुदायको बृहत्तर हितका लागि आफूलाई समर्पित गर्ने विद्यार्थी नेताहरुलाई स्ववियुमा विजयी गराउन प्रतीक्षारत छन् ।
(सभापति स्ववियु वीरेन्द्र बहुमुखी कयाम्पस, भरतपुर)
Discussion about this post