चितवनमा थप ३४ जनामा कोरोना संक्रमण

अन‌ि यो पनि

चितवन । चितवनमा शनिबार राति कुल १३४ वटा नमुना परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० र अन्य जिल्लाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा। नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरुमा भरतपुर महानगर वडा नं २, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का २९ जना रहेका छन् । १० वर्षीय बालकदेखि ६६ वर्षसम्मका वृद्ध गरी १८ पुरुष तथा १० वर्षीया बालिकादेखि ५० वर्ष उमेरकी ११ महिला रहेका छन् ।

यसैगरी, राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुष, पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीले जानकारी दिइन् ।

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया