कुन चीजको अभावमा हामी अधुरो रहन्छौँ !

अन‌ि यो पनि

जीवनमा केही परिस्थितिहरू हाम्रै कारणले पनि आउँछन् जसबाट हामी दुःखी हुन्छौँ । आनन्द र शान्तिको सम्भावना त रहन्छ नै तर कुनैबेला हामीले नै आफ्नो जीवनमा यस्तो अवस्था सृजना गर्छाैँ जसबाट दुःख उत्पन्न हुन्छ । तथापि, हामी यस्तो गरिरहेका बेलामा ‘म के गरिरहेको छु’ भन्ने कुरा विचार नै गर्दैनौँ । जीवनमा आनन्द र शान्ति प्राप्त गर्न हामीले ‘म के गर्न लागिरहेको छु’ भन्ने कुरालाई सोच्नु अत्यन्तै आवश्यक छ ।
मानिसहरू अरूतर्फहेरेर भन्छन्, “उनी भाग्यशाली छन् । म भाग्यमानी छैन ।” त्यस्तो किन लाग्छ भने तपाईं जे देखिरहनुभएको छ त्यो बाहिरबाट देखिरहनुभएको छ । “भित्र कस्तो समस्या छ । त्यो मानिसको मनमा के कुरा खेलिरहेको होला !” मानिसहरू यो विषयमा सोच्दैनन् । ठूला–ठूला मानिसहरू टेलिभिजनको क्यामराअघि बस्दाखेरि मुस्कुराउँछन् तर घर गएपछि चिन्तै चिन्ता गर्छन् । हरेक चीजका बारेमा मानिसले चिन्ता लिन्छ । ती समस्याका बारेमा पनि चिन्ता गर्छ जुन समस्या केवल विचारमा मात्रै सीमित हुन्छ । वास्तविकतामा हुँदैन । मानिसले चिन्तामा हराएरै यस जीवनलाई पनि समाप्त पार्छ । यदि कतै स्वर्ग छ भने त्यो यहीँ नै छ । र, यदि कतै नर्क छ भने त्यो पनि यहीँ छ । यो कुरा तपाईंलाई पनि राम्रोसँग थाहा छ– पछि के हुन्छ त्यो तपाईंलाई थाहा छैन । तपाईंलाई जे–जे थाहा छ, त्यो तपाईंले सुन्नुभएको हो तर जुन सत्य चीज हो त्यो यहीँ छ । जुन सुख यहाँ छ, जुन सुख त्यो आनन्दमा छ, जुन आनन्द तपाईंभित्र छ । जुन सुख त्यो शान्तिमा छ, जुन शान्ति तपाईंभित्र छ– त्यो अन्त कतै पनि छैन । किनकि, यो सत्य कुरा हो ।
कतिपय मानिसहरू यो संसारमा मान्छेले भनेका कुराकै आधारमा आफ्नो जीवनको जग निर्माण गर्छन् तर त्यो कत्तिको दह्रो छ भन्ने कुरालाई हेर्दैनन् । समुन्द्रको किनारमा यदि तपाईंले बालुवा जम्मा गरेर त्यसबाट एउटा सानो घर बनाए पनि त्यो धेरै समय टिक्दैन । किनभने, समुन्द्रको पानीले त्यसको नामोनिसान मेटिदिनेछ । समय पनि एउटा यस्तै चीज हो । आपूmले आपैmँलाई सोच्नुहोस्, तपाईं पनि एउटा समुन्द्रको किनारमा हुनुहुन्छ । यद्यपि यो समुन्द्रको जुन पानी छ त्यो पानी होइन । त्यो समय हो । जुन छालजस्तै आउने जाने गरिरहन्छ । अनि, एकदिन यस्तो पनि हुनेछ– यो विश्वासको संसारले तपाईंलाई जे बताएको छ, जसमाथि तपाईंले आफ्नो जग बसाल्नु भएको छ, त्यो छालले सबै चीजलाई समाप्त गरिदिनेछ । त्यसपछि त आनन्द मात्रै बाँकी रहनेछ ।
यो संसारमा आएर हामीले जे–जे गरेका छौँ– हामीले आफ्नो घर बनायौँ । व्यापार ग¥यौँ । नाम कमायौँ । जे–जे गरेका छौँ ती सबै साथमा त जाँदैनन् । अनि, साथमा केचाहिँ जान्छ ! यदि यो जीवनमा तपाईंले आनन्द लिनुभएको छ भने त्यो आनन्द तपाईंसँगै जानेछ । अरू केही पनि जाँदैन । यदि आनन्द प्राप्त भएन भने जुन दुःख छ त्यो पनि साथैमा जानेछ । त्यसकारण म मानिसहरूलाई भन्छु, “दुःखी नहुनुहोस् ।” जति पनि समस्याहरू छन् तिनको हल निकाल्न सकिन्छ । तर, तपाईंका अगाडि एउटा एकदमै ठूलो समस्या छ । तपाईं ती समस्याहरूमा अल्झिएर यो समयलाई बिताइरहनुभएको छ अनि खेर फालिरहनुभएको छ । यो नै सबैभन्दा ठूलो समस्या हो । यो समस्याको समाधान तपाईंभित्र छ । तपाईंको हृदयमा छ । आपूmले आपूmलाई चिन्नुहोस् । यस जीवनलाई सचेत भएर जिउनुहोस् अनि आफ्नो हृदयलाई आभारले भरिपूर्ण तुल्याउनुहोस् । किनभने, त्यही साथमा जानेछ, त्यो आनन्द तपाईंसँगै जानेछ ।
यदि हामीले यी सबै कार्य गर्न सक्यौँ भने हाम्रा लागि सबैथोक हुन्छन् । हामीले जीवनमा अन्तिम श्वाससम्म आनन्द लिनुपर्छ । त्यो आनन्दका लागि जे सम्भव हुन्छ त्यो गरौँ । “साँच्चि नै तपाईंलाई धन्यवाद किनकि तपाईंले मलाई यो जीवन प्रदान गर्नुभयो !” भनेर सृष्टिकर्तालाई धन्यवाद अर्पण गरौँ ।
कतिपय मानिसहरू त यो जीवनलाई नै समाप्त पार्नतिर लागेका छन् । आत्महत्या गर्न चाहन्छन्, किन ? जुन आत्महत्याको बाटोलाई आज मानिसले अपनाउन चाहेको छ यो त आफसे आफ हुन्छ । किनभने, एकदिन त सबैले यहाँबाट जानैपर्नेछ । तर, हामी जीवित रहुन्जेलसम्म केही न केही तरिकाबाट, कुनै न कुनै विधिद्वारा आनन्द लिने कोसिस गर्नुपर्छ । यस्तो सोच्नु हुँदैन– “अब मानिसहरूले मेरा बारेमा के सोच्नेछन् ।”
केही वर्षअघि जब म कैदीबन्दीहरूलाई भेट्नका लागि गएँ, उहाँहरूसँग कुरा गर्नका लागि जेलमा गएको थिएँ । त्यतिखेर मैले उहाँहरूलाई मेरो कुरा सुनाएँ अनि सुनाइसकेपश्चात् जब प्रश्न–उत्तरको समय भयो तब एकजना मानिसले प्रश्न सोध्नुभयो– “तपाईं मलाई यो बताइदिनुहोस् । केही दिनमा म यहाँबाट बिदा हुन लागेको छु । मेरो यहाँ बस्ने समयावधि सकिन लागेको छ । त्यसपछि म आफ्नो गाउँमा जानेछु र मलाई त यही चिन्ताले सताइरहेको छ– जब म गाउँ पुग्छु, मानिसहरूले मतिर हेर्न थाल्नेछन् । तिनले के भन्लान्, मेरा बारेमा कस्तो सोच्लान् ?”
मैले भनेँ, “साँचो कुरा के हो भने उनीहरूलाई केही पनि वास्ता छैन । तपाईं कहाँबाट आउनुभयो, तपाईंलाई के भएको थियो ? किनभने, उनीहरूका आफ्नै समस्या हुन्छन् । उनीहरू त त्यसकै पछाडि लागिरहेका हुन्छन् । उनीहरूसँग तपाईंका बारेमा सोच्ने समय नै कहाँ हुन्छ र !”
किनकि, वास्तविकता यही नै हो । मानिसहरूसँग समय नै छैन । भनिदेलान् तर सोच्ने फुर्सदै छैन । सबैभन्दा ठूलो कुरा के हो भने यदि तपाईं आफ्नै नजरबाट गिर्नुभयो भने सबैको नजरमा गिर्नुहुनेछ । तथापि, तपाईं आफ्नो नजरमा गिर्नुभएको छैन भने त सबै कुरा राम्रो हुन्छ । मानिसहरूको कुरातिर ध्यान नदिईकन तपाईं आफ्नो जीवनतिर ध्यान दिनुहोस् । यो जीवनलाई सफल पार्नुहोस् अनि आनन्द लिनुहोस् ।
(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

 

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...