सङ्क्रमणको यस घडीमा अभिभावक नै शिक्षक हुन्

अन‌ि यो पनि

संसारभर फैलिएको कोभिड–१९ का कारण विश्व शोकमा डुबेको छ, आक्रान्त छ । लाखौँ मानिसहरुको ज्यान गइसकेको छ । कैयौँ विकसित राष्ट्रहरुलाई समेत नराम्रोसँग आफ्नो चपेटामा पारेको कोरोनाबाट नेपाल पनि अछूतो रहन सकेन । सयौँ मानिसहरुले ज्यान गुमाएका छन् । सबै नेपालीहरु शोकमा घरभित्र थुनिएर बस्न बाध्य छन् । सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्नका निम्ति सम्बन्धित क्षेत्रमा प्रत्यक्षरुपमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत बहुसंख्यक जनसमुदाय सङ्क्रमित भैसकेको अवस्था छ । स्वास्थ्यकर्मीहरु शरीरमा पिपिई र डाइपर लगाएर लगातार १८ घन्टासम्म एक पोका चाउचाउ र बिस्कुटको भरमा दिनभर पानी पनि नपिई बिरामीको सेवामा खटिइरहेका छन् । ती अग्रपङ्क्तिमा रहेर जनस्वास्थ्यको निम्ति लागिपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च सम्मान गर्दै आफू सुरक्षित रहने उपाय हामीले खोज्न जरूरी छ ।
बालमैत्री वातावरणमा खेल्दै सिक्दै अनि सिक्दै खेल्दै गर्ने कलिला बालमुनाहरुदेखि राष्ट्र निर्माणको अभिलासासहित उच्च शिक्षाको आकाङ्क्षा लिएर अघि बढेका स्वदेश तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समेत भविष्य अन्यौलमा छ र पनि हामी यो महामारीलाई नियाल्दै आफ्नै घरको चौघेरामा कैद हुन बाध्य छौँ । विश्वका आर्थिक र औद्योगिक क्षेत्रमा महŒवपूर्ण सफलता हासिल गरेका शक्तिसम्पन्न मानिने देशहरु त हार खाइरहेको अवस्थामा हामी मुकदर्शक भएर बस्नुको विकल्प छैन । नेपाली समाजमा एउटा उखान छ— ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ । यस्तो सङ्क्रमणको अवस्थामा भविष्यको चिन्ता थाँती राखेर उच्च मनोबलका साथ सङ्क्रमणलाई परास्त गर्नुको विकल्प छैन ।
सङ्क्रमणको जोखिम बालकदेखि वृद्धसम्म सबैमा उत्तिकै छ । बालबालिकाको उज्वल भविष्य निर्माणको निम्ति सहोरात्र खटिने देशभरका लाखौँ शिक्षकहरु पनि आज घरभित्रै थुनिन बाध्य भएका छन् । यसको प्रत्यक्ष प्रभाव देशका लाखौँ स्कुले विद्यार्थीहरुमा पनि परेको छ । यसबाट बालमस्तिष्कमा प्रत्यक्ष असर पर्नु स्वभाविक हो । केही विद्यार्थीहरुलाई विद्युतीय सञ्चार प्रविधिबाट पठनपाठन गराइए पनि उपस्थित संख्या अति न्यून छ । २२ प्रतिशत जनता बिजुलीको पहुँचभन्दा टाढा रहेको हाम्रो जस्तो मुलुकमा भर्चुअल कक्षाको पहुँचसम्म पुग्ने त कुरै भएन । साक्षात् रुपमा विद्यार्थीसँग प्रस्तुत भएर दोहोरो अन्तक्र्रिया गर्न सम्भव नभए पनि विभिन्न क्रियाकलापहरुबाट विद्यार्थीलाई स्वअध्ययनका लागि प्रोत्साहन गरेका समाचारहरु हामीले सुनिरहेकै छौँ । सूचना प्रविधिको पर्याप्त पहुच नभएकाहरुको लागि वैकल्पिक शिक्षण सिकाइको निम्ति टोलटोलमा साना—साना समूह बनाएर वा विद्यालयमा बोलाएर निर्देशन दिने, स्वअध्ययनको पाठ्यवस्तु तोकिदिने, गृहकार्य दिने, गृहकार्य परीक्षण गर्ने र पृष्ठपोषण दिने जस्ता कार्यहरु नभएका होइनन् । विद्यार्थी भेला गराउँदा वा सचेतना अपनाउँदा अपनाउँदै पनि सङ्क्रमणको जोखिम शिक्षक–विद्यार्थी सवैलाई छ । सङ्क्रमणको यस घडीमा शैक्षिक सत्र खेर जान नदिनका लागि विद्यालयबाट बिभिन्न कार्ययोजनाहरु तयार गरी विद्यार्थीसम्म पु¥याउन गरेका प्रयासहरु हेर्दा शिक्षकहरु विद्यार्थीको भविष्यप्रति चिन्तित छन् भन्ने कुरा प्रष्ट हुन्छ ।
बालबालिकाको सिकाइ प्रक्रियालाई सहजीकरण गर्नको लागि मुख्यतः शिक्षक, विद्यार्थी, अभिभावक तिनै पक्षहरुको त्रिकोणात्मक सम्बन्ध रहेको हुन्छ । विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाहरु पूर्णतः अभिभावकको अधिनमा हुन्छन् । सिकाइको पहिलो चरण अभिभावकबाट नै सुरू हुने हुँदा परिवार बालबालिकाको पहिलो पाठशाला हो । बालबालिकालाई सभ्य, अनुशासित बन्न सिकाउनु, बालबालिकाले सोधेका कुरा नझर्किकन सहजताका साथ जवाफ दिनु, उनीहरुसँग केही समय सँगै बसेर खेल खेलिदिनु घरका दैनिकजसो गर्नुपर्ने कामहरुको बारेमा बोध गराउनु र सिकाउनु, व्यक्तिगत र वातावरणीय सरसफाइका बारेमा जानकारी दिनु र सिकाउनु, पठनपाठनका लागि रमाइलो वातावरण तयार गरिदिनु, उनीहरुले गरेको क्रियाकलापलाई हौसला दिनु जस्ता कार्यहरु अभिभावकको जिम्मेवारीभित्र पर्दछन् । सिकाइको लागि वातावरण रमाइलो बनाउन सकियो भने बच्चालाई हरेक कुराको ज्ञान दिन सकिन्छ । उनीहरु ज्ञानका भण्डार हुन् ।
शिक्षित अभिभावक वा अग्रजको सहयोगमा बालबालिकालाई पाठ्यक्रमसँग सम्बन्धित विषयका साथै जीवनोपयोगी र व्यावहारिक सीप सिक्न अभिप्रेरित गर्न सकिन्छ । सामाजिक, नैतिक, धार्मिक आदि मूल्य–मान्यताभित्र रहनको लागि बिहान उठ्नेवित्तिकै मान्यजनलाई आदर सत्कार वा नमस्कार गर्न लगाउने र शारीरिक कसरत वा योग गर्न सिकाउन सकिन्छ । यसले शरीरलाई स्वस्थ, तन्दुरुस्त र रोगमुक्त राख्न महŒवपूर्ण भूमिका खेल्दछ । अङ्ग्रेजी र नेपालीका रमाइला कथा, कविता पढेर सुनाउने वा पढ्न लगाउने र त्यसबाट पाइने शिक्षा बताइदिने वा प्रश्न सोध्न सकिन्छ । अन्ताक्षरी खेलमार्फत सुल्टा र विपरीत शब्द खोज्न, चिन्न, सम्झिन, मद्दत पुग्दछ । विभिन्न पत्रपत्रिकामा भएका बाटो पत्ता लगाउने खेल खेलाउन सकिन्छ । सीप र क्षमताअनुसारको चित्र बनाउन, चित्रमा कलात्मक बुट्टाले रङ्गाउन सकिन्छ । दैनिकजसो घरायसी क्रियाकलापहरुमा बालबालिकाहरुले नापको प्रयोग गरिरहेका हुन्छन् र पनि त्यसलाई शैक्षिक ज्ञानमा समायोजन गर्न सकिरहेका हुँदैनन् । लिटर, मिलिलिटर, ग्राम, किलोग्राम, मिटर, किलोमिटर आदिको प्रयोग दैनिकजसो हुन्छ । यस्ता एकाईहरुको प्रयोग र सम्बन्धका बारेमा ज्ञान दिन सकिन्छ । कोठाको लम्बाइ, चौडाइ नापेर क्षेत्रफल निकाल्न, त्यसको लागि आवश्यक पर्ने कार्पेटको नाप पत्ता लगाउन, बाक्सा, दराज, कुर्ची, टेबल आदिको लम्बाइ, चौडाइ, उचाइ नापेर आयतन पत्ता लगाउन सहज विधिबाट घरमै बरेर सिकाउन सकिन्छ । स्थानीयस्तरमा नै उपलब्ध हुने इँटाका टुक्रा, गिटी आदि गनेर भाग, गुणन, जोड, घटाउ र गुणन तालिकाको बारेमा प्रष्ट पारिदिन सकिन्छ । हाम्रै वरपर रहेका वस्तुहरु सजीव, निर्जिव, विरुवा, जनावर, (ढाड भएका, नभएका), जमिनमा र पानीमा पाइने जनावर आदि खोजी गर्न, वर्गीकरण गर्न प्रश्न दिन सकिन्छ । पृथ्वी र पृथ्वीको वरपर पाइने हावा, पानी, माटो, ढुङ्गा, बोटविरुवा आदि देखाउँदै वतावरणको परिचय दिन सकिन्छ । घडी हेर्न र विभिन्न देशहरुमा समयमा अन्तर आउनुको कारणका बारेमा बुझाउन सकिन्छ । देशभित्र वा बाहिरका विभिन्न ऐतिहासिक महŒवका ठाउँहरु, अवस्थिति, दिशा आदिका बारेमा जानकारी गराउन, घुमेका ठाउँहरुको बारेमा निबन्ध लेखाउन सकिन्छ । विवाह, परिवार, नाता–सम्बन्ध, जन्मेदेखि मृत्युसम्म अवलम्बन गरिने आफ्ना धर्म संस्कार र संस्कृतिअनुसारका पर्व, चाडपर्व आदिका बारेमा छलफल गर्न गराउन सकिन्छ । आफ्ना वास्तविक जीवनका घटनाक्रमलाई विषयवस्तुसँग जोडेर कथा कहानीको रुपमा प्रस्तुत गर्न सकिन्छ । छरछिमेक र समुदायमा आदानप्रदान गर्न सकिने सरसहयोगलाई सकारात्मक रुपबाट बुझाउन सकिन्छ । त्यसैगरी समाजमा आइपर्ने सामाजिक घटना जस्तै हत्या, बलात्कार, मानव बेचविखन, साइबर अपराध आदि जस्ता सामाजिक दुर्घटना निम्त्याउने व्यक्तिलाई हुने कानुनी कारबाहीको बारेमा जानकारी दिन सकिन्छ ।
सबै खालका पेसा व्यवसायका उत्तिकै महŒव र भूमिकाका हुन्छन् । न्यून आर्थिक अवस्थाका कारण सामुदायिक विद्यालयका धेरैजसो अभिभावकहरु कृषि, सिकर्मी, डकर्मी, वैदेशिक रोजगार आदि जस्ता पेसा अपनाउन बाध्य छन् । स्थानीयस्तरमा अपनाइने सबै खालका पेसा व्यवसाय पनि व्यावहारिक र सैद्धान्तिक शिक्षासँग मेल खान्छन् । बालबालिकाको संरक्षक र उनीहरु स्वयंले गरेका घरायसी कामकाजलाई शिक्षासँग तुलना गर्न सक्ने हो भने व्यावहारिक र सैद्धान्तिक ज्ञान प्राप्त गर्न सक्दछन् । कृषि कार्यको लागि मल, उन्नत बीउ, गोडमेल किन आवश्यक पर्छ, झारपातले विरुवालाई के कस्ता हानी, नोक्सानी गर्छ भन्ने बारेमा जानकारी दिन सकिन्छ । सिकर्मी, डकर्मीबाट पनि गणितका नाप र आधारभूत कार्य प्रणालीको प्रयोग हुने हुनाले यसबाट पनि व्यावहारिक ज्ञान पाउन सकिन्छ ।
अन्तमा, बालबालिकाहरु अन्तर्मनका धनी हुन्छन् यद्यपि उनीहरु आफूमा रहेको ज्ञान, सीप र क्षमताको प्रयोग गर्न मात्र सक्दैनन् । स्थानीयस्तरमा होस् या अन्य सबै अनुभव, क्रियाकलाप, यात्रा आदिबाट नै ज्ञान प्राप्त गर्न सकिन्छ र त्यसैलाई सिद्धान्त र व्यवहारमा उतार्न सकिन्छ । धेरै समय बालबालिकासँगै बिताउने, उनीहरुले पढेका वा गरेका क्रियाकलापहरुमा चासो राखिदिने, आफूलाई ज्ञान नभए पनि जाने जस्तै गरी ध्यान दिने हो भने उनीहरुलाई हौसला र प्रोत्साहन मिल्दछ । अमूर्तलाई मूर्त रुप दिएर सिकाइलाई सहजीकरण गर्न सकिन्छ । जसले असल कुराको ज्ञान दिन्छ, सकारात्मक सोचको विकास गर्छ र सुमार्गमा डो¥याउन प्रोत्साहन गर्छ, त्यस्तै व्यक्ति नै शिक्षक हुन् । आज विद्यालयको पहुँचबाट टाढा बसेका हाम्रा बालबालिकाको निम्ति हरेक अभिभावक शिक्षक बन्न जरूरी छ ।
(लेखक ः बालकुमारी कन्या माविमा शिक्षण गर्छन् ।)[email protected]

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया