‘स्वाबसँग खेल्छौँ, तर खेलबाड गर्दैनौँ’

अन‌ि यो पनि

भरतपुर । कोरोना भएनभएको पुष्टि गर्नका लागि स्वाब सङ्कलन गरिन्छ । सङ्कलित स्वाबलाई परीक्षणका लागि प्रयोगशालामा लगिन्छ । प्रयोगशाला जहाँ सयौँको संख्यामा स्वाबहरु सङ्कलन भएर बसेका हुन्छन् । क्रमअनुसार तिनीहरुको परीक्षण हुन्छ । भिटिएममा हालेर लगिएको यस्ता हजारौँ स्वाबहरुको प्रयोगशालाका अभ्यस्त कर्मचारीहरु व्यवस्थापनमा लाग्छन् ।
भरतपुर कोभिड–१९ ल्याबमा कार्यरत मेडिकल प्राविधिकहरु आफू सुरक्षित भई काम गरिरहेका छन् । त्यसैले त आजसम्म कुनै पनि कर्मचारी सङ्क्रमित छैनन् । सबै प्राविधिकहरुको एउटै भनाइ छ, ‘हामी स्वाबसँग खेल्छौँ अर्थात् निरन्तर यसलाई प्रयोगमा ल्याउँछौँ तर खेलबाड भने गर्दैनौँ ।’
स्वाब हेन्डलिङ गर्ने आफ्नै तरिका छन्, पूर्ण सुरक्षित भएर काम गरियो भने सङ्क्रमणको जोखिम नहुने ल्याब इन्चार्ज प्रमुख डा. नितु अधिकारी बताउँछिन् ।
‘पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, उनले भनिन्,‘कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने भएकाले आजसम्म सुरक्षित नै छौँ ।’
‘थोरै असावधानी भइयो भने पनि संक्रमणको जोखिम हुन्छ, हामी नै सङ्क्रमित भए भोलिका दिनमा अरु जनशक्ति पाउन मुस्किल छ, त्यसैले हरेकपल जोखिम मोलेर, तर पूर्ण होसियारीको साथ काम गरिएको हुन्छ, ल्याबमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट सुमित्रा पौडेलले भनिन् ।
‘हामीले कति मिहेनत गर्छौँ होला त्यसको लेखाजोखा नै छैन, उनले भनिन्,‘स्वाब नमुनाको यति धेरै चाप छ कि दुई रात अनिँदो बसेर स्वाब परीक्षण गरेर बस्यौँ ।’ ल्याबमा हाल आठ जना प्राविधिक छन् ।
मास्क खोल्न लाउँछन् प्रहरी
भरतपुरको कोरोना ल्याबमा कार्यरत छिन, मेडिकल ल्याब टेक्नोलोजिस्ट सुमित्रा पौडेल । जोखिम क्षेत्रमा काम गर्ने भएकाले उनी भरतपुरमै एक होटलमा क्वारेन्टाइन बस्छिन् ।
काममा चाप हुने भएकाले केही समय आराम गर्न र खाना खान उनी होटल आउजाउ गर्छिन् । चोकचोकमा उभिएका प्रहरीले निषेधाज्ञामा हिँडडुल गरेपछि सवारी रोकेर सोधपुछ गर्नु नौलो कुरा भएन । उनले पनि आफ्नो काम, जिम्मेवारी र परिचय दिइन् । अचम्म त उनलाई त्यस बखत लाग्यो जतिखेर ड्युटीमा रहेका प्रहरीले चिनिएन मास्क खोल्नुस् भने ।
दिपेन्द्र अधिकारी‘तपाईलाई जोखिम हुन्छ, मत कोरोना ल्याबमा काम गर्ने स्टाफ हुँ भनँे, तर प्रहरीले नै अरु कुरा थाहा भएन मास्क खोल्नुस् भनेपछि मैले बाध्य भएर खोलेँ,’ पौडेलले भनिन्, ‘सूचना दिँदा पनि किन जबर्जस्ती मास्क खोल्न लगाए थाहा भएन ।’
यसो गर्दा झनै कोरोना संक्रमण हुन सक्छ, मबाट तपाइँमा सर्न सक्छ भनेँ, तर मानेनन् जसरी पनि खोल्न भने, मैले बाध्य भएर मास्क खोलेँ, उनले भनिन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया