कोभिड–१९ प्रयोगशालाको अनुगमन

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाको अनुगमन तथा निरीक्षण गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन प्रयोगशालामा जडान गरिएको एसएमएस प्रणाली र प्रयोगशालाको व्यवस्थापनबारे अनुगमन तथा निरीक्षण गरिएको हो ।

कोरोना रिपोर्टको नतिजा सम्बन्धित व्यक्तिको म्यासेजमा जानेगरी भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सफ्टवेयर जडान गरिएको छ । सफ्टवेयर आइतबारसम्ममा नियमित प्रयोगमा आउने भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ‘मोबाइलमा युजर आइडी र पासवर्ड पनि दिइन्छ, जसले गर्दा सम्बन्धित व्यक्तिले जुनसुकै अवस्थामा आफ्नो अनुकुलमा रिपोर्ट प्रिन्ट गर्न सक्छ’, उनले भने ।

काठमाडौँ उपत्यका बाहिर भरतपुर अस्पतालको ल्याब सबैभन्दा बढी गुणस्तरीय रहेको भनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मान्यता दिएको उनको भनाइ छ । ‘हाम्रो ल्याबलाई टेकुले उत्कृष्ट भनेको छ’, उनले भने, ‘उपत्यका बाहिर गुणस्तरीय रहेको भनिएको छ ।

आवश्यकताअनुसार हामीले अरू ल्याबको अनुगमनसमेत गर्न पाउँछौँ ।’ यहाँको प्रयोगशालामा हालसम्म २० हजार बढी स्वाबको नमुना परीक्षण भएको छ । संकलन भएर आएका स्वाबको परीक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।

दुई प्राविधिकलाई बिदाइ
प्रयोगशालामा खटिएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई जना प्राविधिकहरुलाई सम्मान तथा बिदाइ गरिएको छ । क्यान्सरमा पनि कोरोना परीक्षणको ल्याब तयार भएकाले प्राविधिक प्रदीप हमाल र दीपक सुवेदीलाई बिदाइ गरिएको उनले बताए । उनीहरुको ठाउँमा अस्पतालले नयाँ कर्मचारी व्यवस्था गरेको छ ।

अहिले प्रयोगशालामा आठ जना प्राविधिक र तीन जना अन्य कर्मचारी रहेका छन् । प्रयोगशालाको अनुगमन, निरीक्षण कार्यक्रममा बागमती प्रदेशका सांसद् विजय सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, प्रमुख मेसु श्रीराम तिवारीलगायतको सहभागिता थियो ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया