क्लिनिक नेपालको दोस्रो चरणको सहयोग अभियान

अन‌ि यो पनि

मेघौली । कोभिड–१९ समुदायस्तरमा फैलिन थालेपछि भरतपुर–२७ मेघौलीस्थित क्लिनिक नेपालले पश्चिम चितवनमा दोस्रो चरणको स्वास्थ्य सामग्री सहयोग अभियान थालेको छ ।
क्लिनिक नेपाल मेघौलीका अध्यक्ष रामबहादुर भण्डारीले पश्चिम चितवनका ७ वटा स्वास्थचौकीलाई स्वास्थ सामग्री हस्तान्तरण गरेर दोस्रो चरणको सहयोग अभियान थालनी गरेका हुन् ।
क्लिनिक नेपालले कोभिड–१९ बाट सुरक्षित रहनका लागि चितवनका ३० वटा संस्थाहरुलाई सहयोग गरेको छ । पश्चिम चितवनका १४ स्वास्थ्यचौकी, इच्छाकामनाका ९ स्वास्थ्यचौकी, भरतपुर अस्पताल र अन्य ७ वटा सामाजिक संस्थालाई निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
यसैगरी, भरतपुर–२८ वडा कार्यालय, दिव्यनगर स्वास्थ्यचौकी भरतपुर–२६ वडा कार्यालय, वडा नं १९ को शारदानगर हेल्थपोस्ट, वडा नं १८ को भुवनबस्ती हेल्थपोस्ट, शशिनगर तथा मंगलपुर र कविलास स्वास्थ्यचौकीमा समेत स्वास्थ्य सामग्री वितरण गरिएको क्लिनिक नेपालका प्रबन्धक सुमन पौडेलले जानकारी दिए ।
यस्तै, दिव्यनगर इलाका प्रहरी कार्यालय पर्साढाप, मेघौली उपभोक्ता तथा मध्यवर्ती उपभोक्त समिति, भरतपुर अस्पताल, चितवन राष्ट्रिय निकुञ्ज तैनाथ बटुक दल गण मेघौली–२८, भिम्ले प्रशासन पोस्ट, मेघौली स्वास्थ्य केन्द्र पर्साढाप, मेघौली साना सहकारी तथा सरसफाइ उपभोक्ता समिति मेघौली, भरतपुर–२७ का स्काउटका विद्यार्थीलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
प्रबन्ध पौडेलका अनुसार कोरोनाको उच्च जोखिम भएको हुँदा पश्चिम चितवनका विभिन्न संघसंस्थासँगै तीन हजार घरधुरीलाई सुरक्षाका सामग्रीहरु प्रदान गरिएको थियो । यस्तै, क्लिनिक नेपाल मेघौलीद्वारा कोरोना भाइरस सुरक्षात्मक स्वास्थ सामग्री, चितवन र मेघौली क्षेत्रका विभिन्न संघसंस्थामा प्रदान गरिनुको साथै र तेलौली क्षेत्रका ३०० घरधुरीलाई क्लिनिक नेपाल फ्रेन्डसिप स्काउट ट्रुपका स्काउटरमार्फत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
स्काउट ट्रुपले भरतपुर २७ को धर्मपुर र बुधनगरका २९५ घरधुरीलाई सर्जिकल मास्क थप तेलौली क्षेत्रका ७५ घरपरिवारलाई दोस्रो चरणमा पिपिई उपचार मेडिकल प्याकेज वितरण गरेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया