दिवा स्याहार केन्द्र बन्द हुने अवस्थामा

अन‌ि यो पनि

ज्योतिनगर । मस्तिष्क पक्षघातका कारण टाउको, ढाड र खुट्टामा समस्या भएका कारण पूरै शरीर चलाउन नसक्ने भरतपुर–२६ का ७ वर्षीय हेलेन घिमिरे स्याहार केन्द्रमा लैजान थालेपछि उठेर बस्न र हातखुट्टा चलाउन सक्ने भएकी छन् ।
यस्तै स्याहार केन्द्रकी १२ वर्षीय सिवानी परियारमा पनि धेरै नै सुधार देखिएको छ । उनले गर्न लागेको काम एकाग्रताका साथ गर्न थालेकी छन् ।
हेलेन र सिवानीमा जस्तै पाँच वर्षदेखि १२ वर्षसम्मका १२ जना मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको स्वास्थ सुधार भइरहँदा सञ्चालकले भने आर्थिक अभावमा स्याहार केन्द्र धान्न नसकिने अवस्था आएकोे गुनासो गरेका छन् ।
मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाको स्याहारसुसारका लागि भरतपुर– २६ ज्योतिनगरमा मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई फिजियोथेरापी तथा शिक्षा दिइ सबल, शिक्षित बनाउन सहयोग पु¥याउन ललितपुरको धापाखेलमा रहेको मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपालको समन्वयमा दिवा स्याहार केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
वार्षिक तीन लाखभन्दा बढी खर्च हुने केन्द्र मस्तिष्क पक्षघात स्वावलम्बन समूह धापाखेल ललितपुरको समन्वयमा हप्ताको पाँच दिन स्याहार केन्द्र सञ्चालन गरी सुरू भएको र नियमित सञ्चालन भइरहेको भए पनि बाह्य सहयोग जुट्न नसक्दा धान्न गाह्रो भइरहेको सञ्चालिका हरिकला भूषालको गुनासो रहेको छ ।
संस्थाको आफ्नो भवन नभएको, कर्मचारी राख्नैपर्ने बाध्यता तर धान्न नसक्ने अवस्था रहेको साथै सामान्य आर्थिक अवस्थाका अभिभावकहरुसँग केही लिने अवस्था नरहेको कारण पश्चिम चितवनको एकमात्र स्याहार केन्द्र समस्यामा परेको उनले बताइन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को कारण पाँच महिनादेखि बन्द गर्नुपरेको केन्द्र स्थिति सामान्य भएपछि खुले पनि सञ्चालन गर्न समस्या भएकोले उनले सहयोगको लागि स्थानीय सरकार तथा अन्य सहयोगदातासँग आग्रह गरेकी छन् ।
विसं २०७५ मंसिरबाट सञ्चालनमा आएको स्याहार केन्द्रमा पाँच वर्षदेखि १२ वर्षसम्मका १२ जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेका छन् । मस्तिष्क पक्षघात भएका बालबालिकालाई ११ बजे केन्द्रमा ल्याउने र ३ बजे अभिभावकले घर लैजाने गरेको संस्थाकी सञ्चालिका हरिकला भूषाल बताउँछिन् ।
आफ्नो पहिलो सन्तान नै मस्तिष्क पक्षघातबाट पीडित जन्मेपछि जीवनभर यस्तै अपाङ्गता भएकाहरुको सेवा गरेर बिताउने लक्ष्य उनले लिएकी छन् । उनी अधिकांश विपन्न परिवारमा रहेका यस्ता बालबालिका ग्रामीण क्षेत्रमा संख्यात्मकरुपमा बढी बिजोग अवस्थामा रहेका र स्याहार केन्द्रसम्म ल्याउन समस्या भएको बताउँछिन् । आफ्नो आर्थिक अवस्था पनि कमजोर रहेको र संस्थाको अन्य आम्दानीको स्रोत नहुँदा बन्द गनुपर्ने अवस्था आएको बताइन् ।
‘गाउँगाउँमा रहेका बालबालिकालाई फिजियोथेरापीबाट सबल बनाउनुको सट्टा अभिभावकले नै अपहेलना गर्ने कारण टिठलाग्दो अवस्था रहेको सञ्चालक लक्ष्मीकान्त घिमिरे बताउँछन् ।
परिवार, समाजको धारणासमेत नकारात्मक भई बेवास्ता गरेका कारण घरमा अलपत्र अवस्थामा छोडिएकालाई संरक्षण गर्न केन्द्र स्थापना गरी स्याहार गर्न सुरू गरिए पनि आर्थिक कठिनाईंका कारण सरकारी सहयोग प्राप्त भए केन्द्र सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ ।
मस्तिष्क पक्षघात भएका र अपाङ्गता भएको बालबालिकाका लागि उचित वातावरण, उत्प्रेरणा तथा अभिमुखीकरण गरी उनीहरुका शरीरलाई सामान्य बनाउन, सामाजिक घुलमिल गर्न सक्षम बनाउन, अभिभावकलाई मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गर्ने प्राविधिक, व्यावहारिक एवम् सामाजिक अन्तर्घुलन गर्न प्रशिक्षणसमेत गर्ने गरेको सञ्चालक घिमिरेले बताए ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया