आज शनिबार १०४१ संक्रमित, निको हुने १५६६

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज शनिबार १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १०४१ जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १५६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २७ हजार १२७ पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या १७८७० रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया