कोभिड १९ परीक्षण प्रयोगशालाको अनुगमन

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालको अनुगमन तथा निरीक्षण गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन प्रयोगशालामा जडान गरिएको एसएमएस प्रणाली र प्रयोगशालाको व्यवस्थापनबारे अनुगमन तथा निरीक्षण गरिएको हो ।

कोरोना रिपोर्टको नतिजा सम्बन्धित व्यक्तिको म्यासेजमा जानेगरी भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा सफ्टवेयर जडान गरिएको छ । सफ्टवेयर आइतबारसम्ममा नियमित प्रयोगमा आउने भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ‘मोबाइलमा युजर आइडी र पासवर्ड पनि दिइन्छ, जसले गर्दा सम्बन्धित व्यक्तिले जुनसुकै अवस्थामा आफ्नो अनुकूलमा रिपोर्ट प्रिन्ट गर्न सक्छ’, उनले भने ।

काठमाडौँ उपत्यका बाहिर भरतपुर अस्पतालको ल्याब सबैभन्दा बढी गुणस्तरीय रहेको भनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मान्यता दिएको उनको भनाइ छ । ‘हाम्रो ल्याबलाई टेकुले उत्कृष्ट भनेको छ’, उनले भने, ‘उपत्यका बाहिर गुणस्तरीय रहेको भनिएको छ ।

आवश्यकता अनुसार हामीले अरु ल्याबको अनुगमन समेत गर्न पाउँछौँ ।’ यहाँको प्रयोगशालामा हालसम्म २० हजार भन्दा बढी स्वाबको नमुना परीक्षण भएको छ । संकलन भएर आएका स्वाबको परीक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।

दुई प्राविधिकलाई बिदाई
प्रयोगशालामा खटिएका क्यान्सर अस्पतालका दुई जना प्राविधिकहरुलाई सम्मान तथा बिदाई गरिएको छ । क्यान्सरमा पनि कोरोना परीक्षणको ल्याब तयार भएकाले प्राविधिक प्रदिप हमाल र दिपक सुवेदीलाई बिदाई गरिएको उनले बताए । उनीहरुको ठाउँमा अस्पतालले नयाँ कर्मचारी व्यवस्था गरेको छ ।

अहिले प्रयोगशालमा ८ जना प्राविधिक र तीन जना अन्य कर्मचारी रहेका छन् । प्रयोगशालाको अनुगमन, निरीक्षण कार्यक्रममा बागमती प्रदेशका सांसद विजय सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, प्रमुख मेसु श्रीराम तिवारीलगायतको सहभागिता थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया