चितवनमा पुगे २१ मृतक : पहिलो प्लाज्मा चढाइएको महिलाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । शुक्रबार मकवानपुर, हेटौँडा–११ की एक कोरोना सङ्क्रमित महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएसँगै मृतकको संख्या २१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
उपचाररत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ की ५२ वर्षकी महिलाको प्लाज्मा चढाइएपछि मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार बिहीबार राति दुई पोका ‘बी पोजेटिभ’ प्लाज्मा चढाइएको र शुक्रबार दिउँसो १ः४४ बजे सङ्क्रमित महिलाको मृत्यु भएको हो ।
निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको थियो ।
मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा. शीतल अधिकारी र डा. दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी गरेको थियो । चितवन जिल्लामा यो नै पहिलो प्लाज्मा थेरापी थियो ।
भरतपुर अस्पताल कोभिड उपचारका फोकल पर्सन डा. प्रमोद पौडेलका अनुसार प्लाज्मा गर्नासाथ बिरामी शतप्रतिशत बाँच्छ भन्ने हुँदैन । उनले भने, ‘प्लाज्मा गरेपछि बाँच्ने आश भने हुन्छ, तर शतप्रतिशत हुँदैन ।’ उनका अनुसार गम्भीर कोरोना सङ्क्रमित बिरामीलाई प्लाज्मा गरिन्छ । उनले भने, ‘प्लाज्मा गरेपछि बाँच्ने आशा आधाआधी हुन्छ ।’
अब चितवनमा उपचारको क्रममा मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या २१ पुगेको छ । मृतक २१ मध्ये १६ जना ५० वर्ष उमेर काटेका छन् । चितवनवासीमात्रै ११ जना छन् । मृतकमध्ये भरतपुर वडा नं–११ का मात्रै चार जना छन् । जम्मा मृतकमध्ये १० जना महिला रहेका छन् ।
मृतक सङ्क्रमितमध्ये सबैभन्दा कम उमेरकी भरतपुर–११ की १८ वर्षकी र सबैभन्दा बढी उमेर खैरहनीकी १०१ वर्ष उमेरकी वृद्धासम्म रहेका स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए । उनका अनुसार मृतकको संख्या बढिरहेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया