स्वाबको नतिजा अब तपाईंकै मोबाइलमा

अन‌ि यो पनि

भरतपुर । कोरोना परीक्षणका लागि स्वाब दिनुभयो ? धैर्य गर्नुस्, तपाईंको परीक्षणको नतिजा अब तपाईंकै मोबाइलमा आउँछ । मोबाइल सन्देश (एसएमएस)मार्फत तपाईंकै हातमै रिपोर्ट आउँछ । अब रिपोर्ट बुझ्न ठाउँठाउँमा फोन गरिरहन परेन ।
भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालाको रिपोर्ट एसएमएसको माध्यमबाट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउने तयारी भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । सम्भवतः आज शनिबारबाटै स्वाब दिने हरेक व्यक्तिले मोबाइलमै रिपोर्ट पाउनेछन् । ‘मोबाइलमा युजर आइडी र पासवर्ड पनि दिइन्छ, जसले गर्दा सम्बन्धित व्यक्तिले जुनसुकै अवस्थामा आफ्नो अनुकूलमा रिपोर्ट प्रिन्ट गर्न सक्छ’, सूचना अधिकारी पौडेलले भने ।
हाल अस्पतालले आफ्नो फेसबुक पेजमार्फत रिपोर्ट एकमुष्ट सार्वजनिक गर्ने गरेको छ । प्रविधिको प्रयोग गरी कतिपय गोपनीयताको विषयलाई पनि सम्बोधन गर्न खोजिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा फिभर क्लिनिक
भरतपुर अस्पतालले पुरानो रूचि क्यान्टिन रहेको भवनमा फिभर क्लिनिक चलाउने भएको छ । सम्झौता अवधि सकिएकाले क्यान्टिन हाल बन्द छ । क्यान्टिनको ठाउँ उपयुक्त हुने भएकाले त्यहीँबाट फिभर क्लिनिक चलाउने निर्णय भएको सूचना अधिकारी पौडेलले बताए । ज्वरो आएका बिरामीहरुले सहजरुपमा उपचार पाउन नसक्ने अवस्था आएपछि अस्पतालले क्लिनिक चलाउन लागेको हो । ज्वरो भन्नेबित्तिकै कोरोनाको शङ्का गरेर बिरामी नहेर्ने परिपाटी भएकोले यसबाट कतिपयले ज्यान नै गुमाउनसमेत परेको अवस्थामा सामान्य ज्वरोको उपचार नपाएर बिरामीको ज्यान तलमाथि नहोस् भनी फिभर क्लिनिक चलाउन लागिएको उनले बताए ।
भरतपुर अस्पतालले प्लाज्मा थेरापी र रेम्डिसिभिर औषधिको प्रयोगबाट कोरोना सङ्क्रमितको उपचार व्यवस्था गर्न लागेको छ । यी दुई उपचार विधि अहिलेसम्मका लागि उत्तम मानिएको छ । चितवन मेडिकल कलेजले १८ गतेबाटै प्लाज्मा थेरापीमार्फत उपचार थालेको छ ।
अस्पतालले भोलि आइतबारबाट निश्चित कोटामा ओपिडी सेवा पनि सुरू गर्ने भएको छ । मेडिसिन विभाग, स्त्री तथा प्रसूति, हाडजोर्नी र बालरोगमा हरेक विभागमा ५० जनाको दरले बिरामी हेर्ने र अन्य विभागमा २५ जनाको दरले बिरामी हेर्ने भनी बिहीबार बसेको अस्पतालको विभागीय प्रमुखहरुको बैठकले निर्णय गरेको छ । ओपिडी टिकटका लागि बिहान ९ देखि ११ बजेसम्मको समय तोकिएको छ । पुराना रिपोर्ट सबै खाले बिरामीको हेरिने निर्णयमा उल्लेख छ ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया