हेटौँडाकी संक्रमित महिलाको चितवनमा मृत्यु

अन‌ि यो पनि

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ ।
निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यससँगै कोरोनाबाट हालसम्म हेटौँडामा महिला र पुरुष गरी सात जनाको मृत्यु भइसकेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया