भरतपुर । राष्ट्रिय जनमोर्चाको भातृसंगठन अखिल नेपाल युवक संघको छैंटौ राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ ।
यही २९ गते नारायणी कलामन्दिरको उद्घाटन हुने सम्मेलनको बन्द सत्रबाट ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले राजनैतिक आन्दोलनमा सक्रिय सहभागी जनाएका युवाहरुको पक्षमा दलहरुले ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो ।
अध्यक्ष पोखरेलले सरकारले विदेश जाने नीति अवलम्बन गर्नुभन्दा पनि सरकारले युवाहरुका लागि स्वदेशमै औद्योगिक प्रतिष्ठान खोलेर रोजगार दिन सकेमा देश समृद्ध बन्नसक्ने तर्क गर्नुभयो । उहाँले ठूला दलहरुको संघीयताको मोडल स्पष्ट नभएकाले संघीयता नआउने जिकिर गर्दै संविधान निर्माणकार्य समेत दलहरुको सत्ता लिप्साले गर्दा ओझेलमा पर्नसक्ने खतरा रहेको आंैल्याउनुभयो ।
राष्ट्रिय सम्मेलनमा सहभागि हुन ४४० जना प्रतिनिधिहरु विभिन्न ६५ जिल्लाबाट आउने जनाइएको छ । सम्मेलनको राष्ट्रिय सम्मेलनको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले उद्घाटन गर्ने जनाइएको छ ।
Discussion about this post