सौराहा कोरोना संक्रमण मुक्त

अन‌ि यो पनि

रत्ननगर । चितवनको सौराहा कोरोना संक्रमण मुक्त भएको छ । रत्ननगरमा कोरोना संक्रमितको संख्या १४४ पुगिरहँदा पर्यटकीय नगरी सौराहा र बछौली कोरोना संक्रमण मुक्त भएको हो ।
सौराहाअन्तर्गत पर्ने वडा नं ६ की संक्रमित नर्सले कोरोनालाई जितेपछि तत्कालका लागि सौराहा र बछौली कोरोना मुक्त भएको वडाध्यक्ष वलराम दाहालले जानकारी दिए । कोरोना संक्रमणबाट जोगाउन प्रहरी र वडाध्यक्ष सक्रिय भएर लागेका छन् ।
कोरोना महामारीका कारण सौराहाका होटल तथा रेस्टुरेस्टहरु बन्द छ । सुनसान सौराहामा मान्छेको आवतजावत छैन । बाहिरबाट मान्छेहरु नआएका कारण सौराहामा कोरोना संक्रमण फैलिन नपाएको वडाध्यक्ष दाहालले बताए ।
करिब तीन साताअघि सौराहामा रहेको प्रभु बैंकमा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासीको रजहरमा स्वाब दिएर सौराहा आएका उनलाई रजहरमै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भरतपुर अस्पतालमा उपचार गरिएको थियो ।
ती कर्मचारीको सम्पर्कमा रहेका बैंकका अन्य कर्मचारीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना मुक्त भएका बछौलीकी नर्सका परिवारको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...