चितवनमा कोरोना : ११ जनाको मृत्यु, ७६५ सक्रिय संक्रमित

अन‌ि यो पनि

भरतपुर । चितवनमा कोरोना संक्रमण अझै नियन्त्रणमा आएको छैन । दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । शुक्रबार बिहानसम्म चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ । कोरोना संक्रमणबाट ११ जना संक्रमितको मृत्यु भएको छ भने ७६५ जना सक्रिय संक्रमित छन् । हालसम्म १५७ जना संक्रमित निको भएर घर गइसकेका छन् ।
सक्रिय संक्रमितहरुले विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा बसेर उपचार गरिरहेका छन् । हालसम्म भरतपुर महानगरपालिकाका मात्रै ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । खैरहनीका दुई, रत्ननगर र राप्तीका एक÷एक जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमितहरुमध्ये भरतपुरका ४९३, खैरहनीका ४५, माडीका ११, रत्ननगरका १०९, राप्तीका ९१, कालिकाका १३ र इच्छाकामनाका तीन जना रहेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया