नवलपरासी । नवलपरासीको दाउन्नेमा यात्रुबहाक बस पल्टिंदा २१ जना घाइते भएका छन् । उनीहरुमध्ये ११ जनाको अवस्था चिन्ताजनक छ । बसमा ४० यात्रु थिए । घाइतेमध्ये अधिकांशको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीÔक बामदेब गौतमका अनुसार गएराति काठमाडाँैबाट सुर्खेततर्फ जा“दै गरेको ना ४ ख ४८१९ नम्बरको बस अनियन्त्रित भई लोकमार्ग अन्तर्गत दाउन्नेमा पल्टिएको हो । बसका चालक र सहचालक फरार रहेको प्रहरीको भनाई छ ।
Discussion about this post