कोरोना संक्रमितलाई स्वास्थ्य सचेतना

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–४ मा रहेको शिवशक्ति खाद्य उद्योगका संक्रमित कामदारहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ ।

रत्ननगर नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहकार्यमा गरिएको सो कार्यक्रममा रोग लागेपछि अपनाउनु पर्ने सावधानी, औषधिको प्रयोग, खानपिनमा अपनाउनु पर्ने सर्तकता, शारिरीक व्यायमका विषयमा सहजीकरण गरिएको रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

उद्योग भित्र सुरक्षित रहेका ४९ जना संक्रमितहरुलाई आयुर्वेदिक औषधि समेत वितरण गरिएको छ । रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेद औषधि वितरणसँगै प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराइएको थियो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...