बारामा थप २४ जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

बारा, भदौ १८ । बाराको कलैया उपमहानगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको कोरोना परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेस चौरसियाले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि हुनेमा कलैया उपमहानगरपालिका वडा नं.१ का ७ जना, वडा नं.४ का ४ जना, वडा नं.५ का तीनजना, वडा नं.६ का २ जना, वडा नं.७ का ३ जना, वडा नं.८ का १ जना, वडा नं.९ का १ जना, वडा नं.१० का १ जना, वडा नं.११ का १ जना र वडा नं.१४ का १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

हिजो मात्र कलैया उपमहानगरपालिकाको ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बारामा अहिलेसम्म १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया