राष्ट्रिय महिला रग्बी टोलीकी क्यापटेनलाई कोरोना

अन‌ि यो पनि

हेटौंडा, भदौ १८ । नेपाल राष्ट्रिय महिला रग्बी टोलीकी क्यापटेन एलिसा थापालाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी छिन् । ४ दिनअघि दिइएको स्वाब परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको उनले बताइन् ।

सन २०१७ देखि नेपालको रग्बी टिम सम्हाल्दै आएकी थापा अहिले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख स्वकीय सचिवको रुपमा कार्यरत छिन् । उपसभामुख र उनको छोरालाई कोरोना निको भएकै दिन दिएको स्वाब रिर्पोटमा उनको भने कोरोना पोजेटिभ देखिएको थियो ।

उपसभामुख सरकारी निवासमै थापा होम आइसोलेसनमा बसेकी छिन् । सामान्य लक्षणहरु देखा परेता पनि स्वास्थ्य अवस्था ठिक भएको थापाले बताइन् । नेपालको महिला टोलीले रग्बीमा सहभागिता नजनाएको एक वर्ष भएको समेत उनले बताइन् ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया