कोरोनाको कारण गढीमाई सुनसान

अन‌ि यो पनि

बारा, भदौ १८ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर सुनसान भएको छ । चैत ११ गते देखि लागेको लकडाउनदेखि नै मन्दिरमा भक्तजन तथा दर्शनार्थीहरुको संख्या कम भएको मन्दिरका पुजारीहरुले बताएका छन् ।

गढीमाई मन्दिरमा दैनिक पुजा गर्ने सामाग्रीको समेत अभाव भएको बताइएको छ ।मन्दिरमा पुजा गर्ने सामाग्रीको अभाव हुदाँ पनि महागढीमाई नगरपालिका र गढीमाई सञ्चालन तथा विकास समितिले समेत ध्यान नदिएको पुजारी शम्भुप्रसाद चौधरी बताए । मन्दिरको पुजा प्रतिदिन हुने गरेको र पुजा सामाग्रीको आपुर्ति पुजारीहरुले नै जोहो गर्ने गरेको पुजारी चौधरीले बताए ।

महागढीमाई नगरपालिकाले पनि मन्दिरको रेखदेख नगर्ने गरेको स्थानीय व्यापारीले बताए । गढीमाई मन्दिरको प्राङ्गणमा घरेलु पशु तथा बाख्राले गर्दा धेरै फोहोर हुने गरेको सरसफाइको काम गर्दै आएका मंगलप्रसाद मण्डलले बताए ।मन्दिरमा स्थानीय व्यापारी तथा स्थानीयबासीको बाख्रा र घरेलु पशु आउने गरेपनि बोल्दा झगडा समेत गर्ने गरेको सरसफाइकर्मी मण्डलले बताए ।

कोरोना महामारीका कारण धार्मिक क्षेत्रमा पनि प्रभाव परेको सांस्कृतिकविदहरुको भनाइ रहेको छ । प्रहरी प्रशासनले कडाई गरेका कारण बरियारपुर बजार र गढीमाई क्षेत्रका आसपासका पसल आंशिक रुपमा खुल्ने गरेको स्थानीय व्यापारी रामपुर प्रसाद चौरसिया बताए।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...