ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अन‌ि यो पनि

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा बिहीबार भएको सवारी साधन दुर्घटनामा परी एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडक खण्डअन्तर्गत परासीबाट भुमहीतर्फ जादँै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का २५ वर्षाीय सुरेश चौधरी रहेका छन् भने मोटर साइकल पछाडि सवार पाल्हीनन्दन गाउँपालिका ४ बस्ने १९ वर्षीया प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते प्रिती चौधरीको लुम्बिनी नर्सिङ होम रुपन्देहीमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया