रगत उपलब्ध गराइदिन आग्रह

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालले चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रगत अभाव हुँदै गएको भन्दै स्वस्थ र स्वेच्छिक व्यक्तिले रगत दिन सार्वजनिक रूपमै आग्रह गरेको छ।
बुधबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले सूचना जारी गर्दै जटिल खालको कोरोना भाइरस संक्रमितको उपचारमा ‘प्लाज्मा थेरापी’ गर्नुपर्ने भएकोले त्यस्ता बिरामीको जीवनरक्षाको लागि पनि रगत उपलब्ध गराइदिन आग्रह गरेका हुन्।
‘तपाईँको एक युनिट रगतले ज्यान जोगिन्छ भने रगत दिएर मानवीय सेवामा सहभागी हुन सबैलाई आग्रह गर्दछु,’ उनले भने। उनका अनुसार कोरोना भाइरस संक्रमण भई आइसोलेसनमा बसिसकेका बिरामीले पनि निको भएर आइसोलेसनबाट डिस्चार्ज भएको १४ दिनपछि रगत दिन मिल्छ।
प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया