सुनचाँदी पसल चोरी गर्ने करागार चलान

अन‌ि यो पनि

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मोनिका सुनचाँदी पसल चोरी गर्ने ६ जना करागार चलान भएका छन् ।
गत फाल्गुन १८ गते पूर्वी नवलपरासीको गैँडाकोटको मोनिका सुनचाँदी पसलबाट ६९ तोला ५ लाल सुन र १ किलो चाँदीका तयारी गरगहना र ७ लाख नगदसहित चोरी गर्ने ६ जना कारागार चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडका अनुसार दोलखा जिल्लाको सैलुङ गाउँपालिका ८ बस्ने २५ वर्षका अनुज लामा, ४३ वर्षीय वीरबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–८ निवासी २९ वर्षीय तीर्थबहादुर रूम्बा, काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–८ निवासी ४० वर्षीय जीतबहादुर तामाङ, बागलुङ जिल्लाको काठीखोला गाउँपालिका–७ निवासी १९ वर्षीय लालबहादुर कुँवर र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका १ निवासी २२ वर्षीय भनबहादुर आले करागार चलाउन भएका हुन् ।
उनीहरुले मध्यराति कोही नभएको मौका छोपी पसलमा चोरी गरेको थिए । प्रहरीले पसलमा रहेको सिसी क्यामेराको आधारमा उनीहरुको खोजी गर्दा पक्राउ गर्न सफल भएको थियो ।
उनीहरुलाई जिल्ला अदालत नवलपुरले ५० हजारदेखि ५ लाखसम्म धेरौटी रकम माग भएको भए पनि उक्त धरौटी रकम बुझाउन नसकेको कारण कारागार चलान गरिएको हो । उनीहरुलाई पुर्पक्षका लागि पश्चिम नवलपरासीको जिल्ला कारागार चलान गरिएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया