उपचारपछि डिस्चार्ज भए संक्रमित

अन‌ि यो पनि

भरतपुर । तीन जना नर्ससहित पाँच जना सेन्ट्रल अस्पतालबाट सफल उपचारपश्चात् मंगलबार डिस्चार्ज भएका छन् । साउन ३२ गते भरतपुर सेन्ट्रल अस्पतालका सबै कर्मचारीको नियमित कोरोना परीक्षण गर्दा तीन नर्स सहित पाँच जना अस्पतालका कर्मचारीलाई सङ्क्रमण देखिएको थियो ।
उपचारमा संलग्न चिकित्सक कन्सल्ट्यान्ट फिजिसियन डा. शशांककुमार सिंहका अनुसार पाँचैजनालाई सोही अस्पतालको आइसोलेसन वार्डमा छुट्टाछुट्टै क्याबिनमा राखेर १४ दिनसम्म आवश्यक उपचार र स्वास्थ्य अवस्थाको निगरानी गरिएको थियो । सङ्क्रमितमध्ये तीन जनामा साधारण लक्षण देखिएको थियो भने दुई जनामा कुनै लक्षण नदेखिएको डा. सिंहले जानकारी दिए ।
भदौ १४ गते उनीहरुको कोरोना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको र मंगलबार उनीहरुलाई डिस्चार्ज गरेर एक हप्ता होम क्वारेन्टाइनमा बसेर आराम गर्ने र त्यसपश्चात् नियमित काममा फर्किन भनिएको डा. सिंहले बताए । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्दा आवश्यक हुने सामग्रीहरु जस्तै मास्क, सेनिटाइजर र दैनिक आवश्यक वस्तुहरु अस्पतालले उपलब्ध गराएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनिलविक्रम कार्कीले अहोरात्र बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीहरुलाई सङ्क्रमण हुनसक्ने सम्भावना उच्च हुनु स्वाभाविक नै भएको बताउँदै यस्तो अवस्थामा हामी सबैले उनीहरुलाई थप हौसला र सहयोग गर्नुपर्ने बताए । उनीहरुको उपचारमा भएको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने कार्यकारी निर्देशक शोभाकर अधिकारीले जानकारी गराए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया