भरतपुरका कैदीबन्दीमा कोरोनाको जोखिम

अन‌ि यो पनि

भरतपुर । क्षमताभन्दा दुईगुणा बढी कैदीबन्दी रहेको भरतपुर कारागारमा कोरोनाको जोखिम बढ्दो छ । भरतपुर महानगरपालिकामा नै संक्रमितको संख्या ह्वात्तै बढेपछि कैदीबन्दीहरुमा कोरोना सङ्क्रमणको जोखिम बढेको हो । यद्यपी कारागारमा उपलब्ध स्रोत र साधनको प्रयोग गरेर उच्च सावधानी अपनाइएको कारागार प्रशासनले जनाएको छ ।
भरतपुर कारागारको क्षमता २८० जनाको हो । अहिले तीन जना आश्रित बालिकासहित ६८९ जना कैदीबन्दी रहेका छन् । कारागारमा नियमित औषधी सेवन गर्ने दीर्घरोगी कैदीबन्दीहरु १८२ जना छन् । नियमित औषधी खानेहरुमा मुटु रोगका ६ जना, ब्लड प्रेसरका ७५ जना, सुगरका ६३ जना, क्षयरोगका २ जना, थाइराइडका ११ जना, युरिकएसिडका १७ जना, छारेरोगका २ जना, एचआइभीका ३ जना र मानसिक रोगी ३ जना छन् ।
कारागारभित्रका कैदीबन्दीहरुको अहिलेसम्म कसैको पनि पिसिआर भएको छैन । ‘आफन्तहरुसँगको भेटघाटलाई पूर्ण बन्द गरेका छौँ’, जेलर कमल काफ्लेले भने, ‘कैदीबन्दीलाई पैसाबाहेक अरु केही पनि दिन नमिल्ने बनाएका छौँ । स्रोत र साधनको प्रयोग गरेर उच्च सावधानी अपनाएका छौँ ।’
कारागार प्रशासनले लकडाउन सुरू भएदेखि नै आफन्तहरुसँग कैदीबन्दीहरुको भेटघाटलाई निषेध गरेको थियो । पैसा दिन आउने आफन्तहरुलाई पनि गेटबाट भित्रै छिर्नै नदिइएको उनले बताए ।
चेकजाँचका लागि अस्पताल नै लैजानुपर्ने कैदीबन्दीहरु नरहेको काफ्लेले बताए । चिकित्सकले सिफारिस गरेका औषधी कारागारमै ल्याएर नियमित खानेहरुलाई दिने गरिएको छ । ‘औषधी खानेहरुलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्काे र अदालतबाट नियमित आउने थुनुवाहरुलाई क्वारेन्टाइनका रुपमा छुट्टै ब्लकमा राख्ने गरको छौँ’, उनले भने ।
केही दिनअघि तीन जना बिरामी बन्दीलाई काठमाडौँ लैजाँदा बन्दी र बन्दीको साथमा जाने आउने कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा कसैलाई पनि कोरोना नदेखिएपछि कारागारभित्रका अरुलाई पनि नहोला भन्ने विश्वास गरिएको उनले बताए ।
‘बिरामी बन्दीहरु भरतपुर अस्पतालमा नै एक महिनादेखि भर्ना भएर बसेका थिए’, उनले भने, ‘बन्दीहरुलाई यता नल्याई उतैबाट पठाइएको हो ।’

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया