निजी अस्पतालमा प्रशासनको अनुगमन

अन‌ि यो पनि

चितवन । निजी अस्पतालहरुले उपचार नै नगरेपछि अनाहकमा बिरामीको ज्यान गएको भनी समाचार सार्वजनिक भएपछि चितवन प्रशासनले मंगलबार बेलुका चितवनका केही निजी अस्पतालमा अनगुमन गरेको छ । चितवन मेडिकल कलेज, पूरानो मेडिकल कलेज (सीएमएस), नेशनल सिटी, नारायणी सामुदायिक र मनकामना अस्पतालमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका दुवै सहायक प्रमुख जिल्ला अधिकारी सम्मिलित टिमले अनुगमन गरेको हो । आइसियू र भेन्टिलेटरको संख्या, अवस्था, प्रयोगबारे सम्बन्धित अस्पतालका व्यवस्थापन पक्षसँग जानकारी लिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए । छलफलको क्रममा निजी अस्पताल संचालकहरुले आफूहरुले उपचार नगरेको भनी प्रचार गरिएका विरामीहरु आफ्नो अस्पतालसम्म नआएको बताएका छन् ।
उनीहरुबाट यस्तो जवाफ आएपछि प्रशासनले कुनै अस्पतालले उपचार गर्न इन्कार गरे तत्कालै प्रशासनमा जानकारी गराउन अनुरोध गरेको छ । निजी अस्पतालले उपचार नगरेपछि चितवनमा १५ गते दिउँसो २ घन्टाको अन्तरालमा कोरोना संक्रमित ३ जनाको ज्यान गएको थियो । यस घटनाका कारण निजी अस्पतालहरु आलोचित बनेका हुन् ।
निजी अस्पतालले उपचारमा बेवास्ता गर्न थालेपछि चितवन प्रशासन केही कडा भएको छ । तर आज मंगलबार कुनै पनि अस्पतालले निर्देशनअनुसार काम नगरेको पाइएको छ । मंगलबार दिउँसो प्रशासनबाट पत्र दिएको जानकारी दिँदै सहायक प्रजिअ रामबहादुर शाहीले बुधबारबाट सूचना आउनेमा आफूहरु ढुक्क रहेको बताए ।
१५ गते सोमबार विज्ञप्ति निकालेर प्रशासनले विरामी रिफर गर्दा रिफर गरिने अस्पतालमा बेड भए नभएको पक्का गर्नुपर्ने, आइसियू खाली नभएको अवस्थामा इमरजेन्सीमा उपचार गर्नुपर्ने, अस्पतालहरुले आइसियू भेन्टिलेटरको अवस्थाबारे हरेक दिन ५ बजे जानकारी गराउनुपर्ने, एम्बुलेन्सले व्यक्तिगत स्वार्थमा नलागी बिरामीलाई निश्चित अस्पताल लैजानुपर्ने भनी प्रशासनले निर्देशन दिएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...