विद्युतको भरतपुर वितरण केन्द्रका थप दुईमा कोरोना

अन‌ि यो पनि

भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका थप दुई जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । सोमबार पुष्टि भएका कोराना संक्रमित कर्मचारीहरु केन्द्रभित्रकै आइसोलेसनमा सुरक्षितसाथ बसेका छन् । कोरोना संक्रमण हुनेहरु एक जना प्राविधिक हुन् भने एक जना सवारी चालक हुन् ।
यसअघि आइतबार भरतपुर वितरण केन्द्रकै एक जना प्राविधिकमा कोरोना पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेको प्राधिकरणले जनाएको छ । लक्षण देखिएका एक जनाको आज स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । विद्युत महसुल घरमै बसेर अनलाइन प्रणालीबाट तिर्न वितरण केन्द्रका प्रमुख सुरेश महतोले आग्रह गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया