एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

अन‌ि यो पनि

चितवन, १६ भदौ  । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सर्लाहीको बरहथवा–२ का १५ वर्षीय बादे राना मगर छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो । (रासस)

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया