निर्माणाधीन आकासे पुलमा झुण्डिएको अवस्थामा युवकको शव फेला

अन‌ि यो पनि

रत्ननगर । रत्ननगरमा निर्माणाधीन आकासे पुलमा झुन्डिएरको अवस्थाामा एक युवाको शव फेला परेको छ । रत्ननगर २, टाँडी चोकस्थित बन्दै गरेको आकासे पुलमा नरिवलको डोरीले घाँटीमा पासो लगाएरको अवस्थामा अन्दाजी २५ वर्षीय युवा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रविन कार्कीका अनुसार घटनाको बारेमा बिहान ४ बजे जानकारी पाए पनि घटना २ बजेतिर घटेको हुनसक्ने र पोस्ट मार्टमको रिपोर्ट आएपश्चात् सबै खुल्ने बताए । उनले मृतकको माडीमा घर भएको र रत्ननगर ४ स्थित भोकाहा बस्दै आएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती युवाको घाँटीमा नरिवलको डोरी देखिएको तर घुँडाले भुईंमा टेकेको अवस्थामा शव रहेकाले आत्महत्या नभई हत्या हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया