ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पुस्तकदेखि मदिरा पसलसम्म पेट्रोल बिक्री, कालोबजारी गर्ने छजना पक्राउ

by चितवन पोष्ट
२०७१ बैशाख २६, शुक्रबार ०१:३८ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । पेट्रोलमा कालोबजारी गर्नेहरुलाई चितवन जिल्ला प्रहरी कार्यालयले समातेको छ । गाउँघरमा मात्र होइन, नगरपालिका क्षेत्रभित्रै पुस्तकपसल, किराना पसल, फेन्सीपसल र मदिरापसलमा पनि पेट्रोल बिक्री गरेर कालोबजारी भइरहेको भेटिएको छ ।
पेट्रोल बिक्री अनुमति नै नलिई बजार मूल्यभन्दा महँगोमा विभिन्न पसलमा पेट्रोल बिक्री भएको चितवन प्रहरीले पत्ता लगाएपछि कालोबजारी गर्नेहरुको धन्दा चौपट भएको हो । चितवन प्रहरीले २४ गते बुधबार विभिन्न पसलबाट पेट्रोल बिक्री गर्नेहरु पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । पेट्रोलमा कालोबजारीमा संलग्न भएको आरोपमा ६ जनालाई बिहीबार प्रहरीद्वारा जिल्ला प्रशासनमा म्याद थप गरिएको छ ।
अनाधिकृत पेट्रोल बिक्रीको आरोपमा भनपा ६ पीपलचोकबाट अयोध्यापुरी गाविस वडा नं.७ घर भएका वर्ष ३५ को धनुधर पहारी र खैरहनी गाविस वडा नं. ५ घर भएका वर्ष ३३ का खेमराज अर्याललाई प्रहरीले पक्राउ गरेको थियो । पहारीको ब्रदर्श पुस्तक पसलबाट १ वटा कालो प्लाष्टिकको ड्रममा राखेको २९ लिटर र ६ वटा मिनिरल वाटरको बोतलमा हाली राखेको ६ लिटर पेट्रोल बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै खेमराज अर्यालको किराना पसलबाट एक वटा कालो प्लाष्टिकको जर्किनमा राखेको ६ लिटर, १६ वटा मिनिरल वाटरको बोतलमा हाली राखेको १६ लिटर पेट्रोल प्रहरीले बरामद गरेको छ ।
बजारमा पेट्रोलको अभाव भई रहेको अवस्थामा पेट्रोल विक्री वितरण गर्न अनुमति नै नलिई पेट्रोल राखी महङ्गो मूल्यमा बिक्री वितरण गरी कालो बजार गर्नेलाई पक्राउ गरी कारबाही अगाडि बढाउने प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले भरतपुर नगरपालिका वडा नं.७ तेह्रसालचोकबाट वर्ष २९ को नहिम मिया र पर्वत घर भई हाल जिल्ला चितवन भरतपुर ७ तेह्रसालचोक बस्ने वर्ष २५ की बिपना कुँवरलाई पक्राउ गरेको छ ।
मियाको कौशर किराना पसलबाट ३ वटा प्लाष्टिकको ड्रममा राखेको १५० लिटर र बिपना कुँवरको घुम्ती पसलबाट २ वटा कालो प्लाष्टिकको जर्किनमा राखेको २५ लिटर साथै १६ वटा मिनिरल वाटरको बोतलमा हाली राखेको १६ लिटर गरी कुल ४१ लिटर पेट्रोल बरामद गरेको प्रहरी निरीक्षक जीवलाल चुदालीले बताए ।
यस्तै, भरतपुर ११ बस्ने वर्ष ३१ को सुवास ज्ञवालीको मदिरा पसलबाट ६५ लिटर पेट्रोल प्रहरीले बरामद गरेको छ । त्यस्तै भरतपुर ६ बस्ने राजेश कुमार श्रेष्ठको किराना पसलबाट २७ लिटर पेट्रोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
कालो बजार तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि हिजो बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक चुदालीले बताए ।
पेट्रोल पम्पमा घण्टौं लाम बस्दा पनि पेट्रोल नपाइने तर किराना पसलमा महँगोमा पाइने गुनासो नागरिकबाट भएपछि चितवन प्रहरीले यस सम्बन्धमा सक्रियता देखाएको प्रहरी प्रवक्ता डीएसपी सञ्जयबहादुर राउतले बताए ।

Related Posts

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

Discussion about this post

अन‌ि यो पनि

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’
अर्थ

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

भरतपुर । भरतपुरका तीन जना युवाहरु मिलेर ब्लु ल्याडर बिल्डर्स एण्ड सप्लायर्स प्रालि स्थापना गरेका छन् । व्यावसाीिक तथा आवासीय...

Read more
३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In