रङ्गशाला निर्माणका लागि प्रवासबाट सहयोग जुट्दै

अन‌ि यो पनि

रामपुर । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रवासबाट सहयोग जुटिरहेको छ । कोरोनाको महामारीका कारण भैरहेको लकडाउन तथा निषेधाज्ञाका कारण स्वदेशका सहयोगदाताहरु कम भए पनि विदेशमा बस्ने नेपालीहरुले भने सहयोग गरिरहेका छन् ।
रङ्गशाला निर्माण अभियानका लागि बुटवल घर भई हाल अमेरिकास्थित ह्यारिसन पोल्ट्रीका २८ जना नेपाली शुभचिन्तकहरुले संकलन गरेर रू. ४७ हजार ४ सय ४७ रूपैयाँ सहयोग गरेका छन् । यस्तै, बुटवल घर भई हाल अस्ट्रेलिया बसोवास रहेका ग्याम गुरूङले २१ हजार ५ सय ८६ रूपैयाँ सहयोग गरेका छन् । यस्तै, बुटवल नै घर भई हाल अस्ट्रेलिया बसोवास रहेका सुशान्त श्रेष्ठ, अजय श्रेष्ठ, अस्मुन्दा ग्रुप तथा भिजन फोर मोटिभेसनले ३ लाख ६६ हजार ४ सय १२ रूपैयाँ सहयोग गरेका छन् ।
यस्तै, बुटवल घर भई हाल अस्ट्रेलिया बसोवास रहेका भविन्द्र छन्त्यालले ३० हजार ५ सय ९३ रूपैयाँ सहयोग गरेका छन् भने चितवन घर भई हाल जापान बसोवास रहेका शालिकराम पण्डितले २ हजार २ सय ४० रूपैयाँ सहयोग गरेका छन् । त्यस्तै, अस्ट्रेलिया बसोवास रहेका निकिता सापकोटा कोइराला तथा उज्ज्वल सापकोटाले २५ हजार रूपैयाँ धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गरेका छन् ।
यसरी नै हङ्कङमा बसोवास गर्ने विमला गुरूङका तर्फबाट बुबाको सम्झनामा छोरी लक्ष्मी गुरूङले १ लाख रूपैयाँ सहयोग गरेकी छन् । त्यस्तै सुनकोशी–६, सिन्धुपाल्चोक घर भई हाल कतार बसोवास रहेका दीपक पराजुलीले १० हजार रूपैयाँ सहयोग गरेका छन् भने जापान बसोवास गर्ने तुलसीदास श्रेष्ठले आफ्ना मातापिताको सम्झनामा २२ हजार २ सय ३० रूपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, देवचुली नगरपालिका–१०, नवलपुर घर भई हाल साउदी अरब बसोवास रहेका रामप्रसाद रिजालले ५ हजार १ सय रूपैयाँ सहयोग गरेका छन् । त्यस्तै, मेलवर्नमा बसोवास गर्ने सुशील चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीहरु शायना चालिसे र समिका चालिसेको जन्मदिनको अवसरमा ४३ हजार ३ सय ५७ रूपैयाँ सहयोग गरेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया